२१ बैशाख २०८१, शुक्रबार

डोल्पामा हिउँ चितुवाको संख्या नेपालमै उच्च
  • न्युज मानसराेवर

बाँके\हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा आज (शुक्रबार) सार्वजनिक गरिएको छ। नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय संख्या रहेको देखिएको छ।

२०८० को वैशाखदेखि भदौसम्म क्यामेरा ट्यापिङ विधिबाट सर्वेक्षण गरिएको थियो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या यकिन गरेको हो।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ। यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको सर्वेक्षणले देखाएको छ।

यसै गरी चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रति एक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो। यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो।

यसर्थ डोल्पामा हिउँ चितुवाको कुल स‌ंख्या एक सय २० हुन गएको छ। जुन संख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ। हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो।

  • ८ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech