२१ बैशाख २०८१, शुक्रबार

राप्ती सोनारीमा आगलागी हुँदा घर र गोठ जले
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ हब्रहवा गाउँमा शनिबार दिउँसो आगलागी हुँदा १ घर र २ वटा गोठ जलेर नष्ट भएका छन्। अस्थायी प्रहरी पोष्ट फत्तेपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्ते सिंह थारुले दिनुभएको जानकारी अनुसार खाना पकाउने क्रममा आगलागी हुँदा मनु पुन मगरको घर, गोठ र उहाँको ज्वाइँ पूर्णबहादुर पुनको गोठ पूर्ण जलेर नष्ट भएको हो।

आगलागी भएको खबर आएलगत्तै नरैनापुर गाउँपालिकाको दमकललाई खबर गरिएकोमा दमकल समयमै पुगेको तथा प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। दमकल समयमै आएकोले ठुलो क्षति हुनबाट जोगिएको राप्ती सोनारी गाउँ पालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिएका छन। उनले अहिले हावा हुरीको मौसम भएकोले खाना पकाउँदा वा पकाइसकेपछि निकै सावधानी अपनाउन सर्वसाधारणसँग आग्रह गरेका छन ।

  • ८ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech