२१ बैशाख २०८१, शुक्रबार

सब-इन्स्पेक्टरसहित १६ प्रहरी सम्पर्कविहीन
  • न्युज मानसराेवर

बाँके\आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न पदमा कार्यरत प्रहरीलाई सम्पर्कमा आउन भनेकको हो। गैरहाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ।

प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायब निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन्।

  • १० बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech