२१ बैशाख २०८१, शुक्रबार

पेस्तोल सहित नेपालगञ्जवाट ३ जना पक्राउ
  • न्युज मानसराेवर

नेपालगन्ज :नेपालगन्ज १३ लोनियनपुरुवाबाट कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, नेपालगन्ज २३ बस्ने सदराम बागवान, सोही ठाउँ बस्ने साकिर अली बागवान र वडा नम्बर १४ बस्ने हुसेन बागवान रहेका छन् ।

लोनियनपुरुवा स्थित भे.६ प.४९०२ न. को होण्डा साईन मोटरसाईकलमा सवार तिनै जनामाथि शंका लागि चेकजाँच गर्दा हुसेन बागवान को साथबाट कटुवा पेस्तोल थान-१, उक्त पेस्तोलको १२ केएफ ९६  लेखेको गोलि थान-१ फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए । नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech