२७ बैशाख २०८१, बिहीबार

कोहलपुरमा एमाले नगर अधिबेशन शुरु, भिम रावत लगाएत दर्जन बढि एमाले प्रबेश

समग्र कोहलपुरको विकासकालागि नेतृत्व गर्न सक्ने पार्टिका योद्धाहरु पार्टि कमिटिमा आउनुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेकपा एमाले नगर कमिटि कोहलपुरको दोस्रो नगर अधिबेशन शनिवारवाट कोहलपुरको भेरी शित भण्डारको सभा हलमा शुरु भएको छ । उदघाटन शत्रमा नेकपा माओवादिका नेता तथा प्रेस संगठनका केन्द्रिय सदस्य भिम रावत लगाएत एक दर्जन बढि बिभिन्न पार्टि परित्याग गरि एमाले प्रबेश गरेका छन ।

यसरी पार्टि परित्याग गर्नेहरुमा कोहलपुर ३ का जयराज अधिकारि,नन्दलाल मल्ल, भगवती थारु, दिपेन्द्र बम, राम कुमार थारु लगाएतका रहेका छन । उनीहरुले नेकपा माओवादि तथा नेका परित्याग गरि एमालेमा प्रबेश गरेका हुन । उनीहरुलाई नेकपा एमालेका महा सचिव शंकर पोखरेलले अविर खादा लगाई पार्टिमा स्वागत गरेका छन । रावत लामो समय बाँकेमा रहेर बामपंथि कलम चलाउने लेखक तथा पत्रकार समेत हुन ।

दोस्रो अधिबेशनको उदघाटन शत्रलाई सम्वोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेल विचारलाई वलियो बनाउन दृड संगठनको खाँचो हुने औंल्याउदै ईतिहासको पाठवाट सिक्न नसक्नेहरु पतनको यात्रामा जाने निश्चित भएको वताए । एमालेको ईतिहास कोट्टयाउदै सिपि मैनालि र बामदेवहरुको उदाहरण दिंदै महासचिव पोखरेलले जिवन भर एमाले रहने तर मतदान गर्दा सुर्यमा भोट हाल्न नसक्ने कहिल्यै एमाले नहुने जिकिर गरे ।

पुराना पार्टि भनेर हुईया पिटनेहरुलाई संबृद्ध देशहरुमा नेपालका भन्दा पुराना पार्टि रहेको उदाहरण पेश गर्दै समाज रुपान्तरणमा पार्टि नयाँ भएर होईन सोच र विचार परिवर्तन हुनु जरुर रहेकोमा जोड दिए ।

एमालेका कार्यकर्ता तथा नेताहरुले समेत हिजको जस्तो सामाजिक काममा वर्गिय तथा समाज परिवर्तनका एजेण्डाहरुमा केन्द्रिकृत हुनुको साटो निश्चित समय र अवसरका लागि मात्र पार्टिमा लाग्ने र स्वार्थ सिद्ध पश्चात नेकपाको मुल मर्म र विचारलाई लत्याउदै गुटगत विचार बोक्ने कार्यले सिंगो पार्टिलाई आघात पुगेको वताए ।

उनले समग्र कोहलपुरको विकासकालागि नेतृत्व गर्न सक्ने पार्टिका योद्धाहरु पार्टि कमिटिमा आउनुपर्ने भन्दै कम्निष्टहरुले त्याग र सर्मपन समेत गर्न सक्नुपर्नेमा जोड दिए । पार्टिले देश र जनतामा देखिएको अस्तिरता चिर्न गठबन्धन भत्काउन सफल भएको जिकिर गर्दै आर्थिक तरलता, देशको संस्कार संस्कृतीमा भईरहेको प्रहार र उधोगतिको अर्थतन्त्रलाई सवल वनाउन आफनो पार्टिले यो वा त्यो मन्त्रालय नभनि जनतालाई केन्द्रमा राखेर अहिलेको गठबन्धन सरकारमा सामेल भएको चर्चा गरे ।

उदघाटन शत्रमा नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्ट, केन्द्रिय सदस्यहरु सुर्य ढकाल, मो हारुन हलुवाई, दिपा शर्मा रुपाखेती, बैकल्पिक केन्द्रिय सदस्य खेममान खडका, जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति लगाएत नेताहरुले नगरको दोस्रो अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

 

नगर अध्यक्ष नम प्रसाद शर्माको अध्यक्षतामा शुरु भएको नेकपा एमाले नगर कमिटिको अधिबेशन भोलि १६ गते सम्म चल्ने अध्यक्ष मण्डलका अध्यक्ष मो हारुन हलवाईले न्युज मानसरोवरलाई जानकारी दिएका छन । मौजुदा समयमा राजनैतिक, सांगठानिक तथा आर्थिक प्रतिबेदन पेश गर्दै दफावार छलफलकासाथ पास गर्ने कार्यक्रम जारी रहेको छ ।
नगर अध्यक्षकालागि नम प्रसाद शर्मा, कुल बहादुर भट्टराई, अनिता पौडेलको नाम चर्चामा रहेको छ भने सचिवमा हेम कुमार रावत, नवकिरण शाह तथा रमेश मिजारको नाम चर्चामा रहेको छ ।  उपाध्यक्षमा निर्वतमान सचिव गोमा खनाल थापा सह सचिवमा भिम वहादुर नेपाली लगाएतका आकांक्षिहरु देखिएका छन ।

७५ सदस्य रहने नगर कमिटिलाई सर्वप्रथम सर्वसम्मत रुपले महिला, दलित, जनजाति, खस आर्य, भुगोल, अपांगता लगाएत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि तयार गरिने छ भने सहमति हुन नसके चुनावि प्रक्रियावाट टुंग्याईने निर्वाचन माण्डलका अध्यक्ष शारदा प्रसाद कोईरालाले न्युज मानसरोवरलाई वताएका छन । अहिले अधिबेशन स्थल भेरी शित भण्डार कोहलपुरको प्रांगणमा एमाले नेता तथा कार्यकर्ताहरुको चहल पहल बढेको छ भने उम्मेदवारका आकांक्षिहरु प्रतिनिधिहरुलाई भेटन ब्यस्त रहेका छन ।

भिडियो

  • १५ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech