२ जेष्ठ २०८१, बुधबार

एमाले कोहलपुर नगर अध्यक्षमा भट्टराई
  • न्युज मानसराेवर

बाँके।नेकपा एमाले कोहलपुर कमिटीमा  अध्यक्ष  कुल बहादुर भट्टराई निर्वाचित भएका छन् ।  नेकपा  एमाले कोहलपुर नगर अधिवेशनबाट भट्टराईले १९६ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदको अर्का उम्मेदवार नम प्रसाद शर्माले १०९ र अनिता पौडेलले ६३ मत प्राप्त गरेका थिए।यी दुवैलाई भारी मतले पछि पार्दै भट्टराई विजयी भएका छन् ।यस्तै नगर उपाध्यक्ष पदमा सञ्जय थारुले १०० मत ल्याएर विजयी भएका छन्। भने सचिवमा हेम कुमार रावत २०० मत ल्याएर विजयी भएका छन् । यसैगरी उपसचिवमा दीपेन्द्र श्रेष्ठ १०६ मत र उपसचिव महिलामा अन्जना धिताल १८० मतले विजयी भएका छन्।

  • १७ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech