५ जेष्ठ २०८१, शनिबार

गाउँ गाउँ सहकारी सचेतना फैलाउदै बैजनाथ सामाजिक उद्यमी

सहकारी संघिय राजधानिमा दर्ता गर्ने र वचत उठाएर भाग्ने गरेपछि गाउँ गाउँ पुग्दै स्थानिय सहकारी

  • न्युज मानसराेवर

बैजनाथ,बाँके: पछिल्लो समय सहकारीप्रति जनताको विश्वास घटदै गएपछि स्थानिय स्तरमा दर्ता भई सहकारीका गतिविधि सञ्चालन गर्दै आएका सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई सहकारीवारे सुसुचित पार्दै सचेत वनाउने गरि गाउँ गाउँमा सहकारी शिक्षा दिन थालेका छन ।

राजधानिमा दर्ता गर्ने र कोहलपुर तथा बैजनाथमा शाखा खोलि जनताको मोटो रकम कुम्लयाउन उद्धत शिव शिखर जस्ता सहकारीका कारण शेयर सदस्यहरुमा परेको भ्रमलाई चिर्न कोहलपुर र बैजनाथमा क्रियाशिल सहकारीहरुले सचेतना अभियानलाई तिब्रता दिन थालेका छन ।
कोहलपुरमा रहेको सवै भन्दा पुरानो सहकारी संस्था साझले कौशिल्या अस्पतालको सहकार्यमा बैजनाथका ३ वडा र कोहलपुरका १५ वडामा स्वास्थ्य शिविर राख्दै आफना शेयर सदस्यहरुलाई सचेतिकरण अभियानमा जोडेको छ भने बैजनाथ गाउँ पालिकामा दर्ता भई लघु उद्यमको क्षेत्रमा क्रियाशिल बैजनाथ सामाजिक उद्यमी महिला सहकारीले पनि सेवा नेपाल संगको सहकार्यमा गाउँ गाउँमा पुगरे आफना समुह सदस्यहरुलाई सचेतना अभिबृद्धिगर्दै सहकारीसंगको विश्वासलाई कायम राख्ने प्रयास गरेको छ ।

”वोरामा आलु कुहियो भने सवै वोरा नै विग्रन सक्ने” भएकाले सहकारीहरुप्रति आम सर्वसाधारणहरुलाई कस्ता सहकारीहरुमा वचत जम्मा गर्ने कस्ता सहकारीहरुले वचतका स्किमहरु दिने गरेका छन, कर्जा के हो र उद्यमशिल कसरी बन्न सकिन्छ भन्ने विषयमा शिक्षा प्रदान गर्दै बैजनाथ सामाजिक उद्यमी महिला सहकारीले बैजनाथ गाउपालिकाका वडा नं. १ को गाभार भ्यालि र चिसापानीमा १ सय बढि आफना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारीका फिल्ड सहजकर्ता चाँदनी थापाले न्युज मानसरोवरलाई वताईन ।

कर्जाको सदुपयोग गर्दै आफुलाई उद्यमी वनाउन सकिने टुल्सहरुका साथ प्रदान गरिएको शिक्षा साक्षरता अभियानको प्रशिक्षण ढकेरी सहकारीका प्रबन्धक भुपेन्द्र वलिले दिएका थिए ।

हेफर ईन्टरनेशनलको सहयोगमा बनाईएका बैजनाथ गाउपालिकाका १ देखि ४ वडामा ८२ वटा उद्यमी समुह रहेका छन । यीनै उद्यमी समुहका प्रतिनिधिहरुको छनौटबाट सहकारीको आकार दिई गाउपालिकामा दर्ता पश्चात सहकारीले समुहमा आवद्ध सदस्यहरुलाई समुह मार्फत शुलभ ब्याज दरमा कर्जा दिई ब्यबसायीक बाख्रा पालन तर्फ अग्रसरता गराउने गरेको छ भने सदस्यहरुले पालेका खसिलाई विचौलियाको प्रबेश विना किसानले सिधै मासु पसलेहरुलाई विक्रि वितरण गर्ने प्रबन्ध गर्दै आएको छ ।

२०७७ सालमा दर्ता भएको सहकारीले यस अवधि सम्म एक हजार पाँच सय पन्चानब्बे सदस्यहरु मार्फत ३० लाख शेयर पुजिमा १ करोड बढि कर्जा परिचालन गर्न सफल भएको छ । सदस्यहरुको ६० लाख बढि बचत रहेको यस सहकारीमा भाखा नाघेको रकम भने शुन्य रहेको छ । लघुवित्त मोडेलमा सञ्चालित सहकारीले विभिन्न गैर सरकारी संस्था तथा स्थानिय सरकारसंगको साझेदारीमा तालिम, गोष्ठि सचेतना अभियानका साथै सामाजिक कार्यक्रमहरु समेत चलाउदै आएको छ ।

सहकारीले आफनै ढुवानि पिक अप भ्यानको प्रयोग गर्दै किसानवाट उत्पादित खाद्य जन्य नगदे बालिहरु, खसि बाख्रालाई वजार सम्म लैजान सहजिकरण गर्ने र वजारीकरणमा समेत सहयोग पुरयाउदै आएको सहकारीका प्रबन्धक प्रमोद रिजाल वताउछन ।

 

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech