६ जेष्ठ २०८१, आईतवार

कोहलपुर नगरमा भोलि सार्वजनिक विदा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाले आफनो ११ औं स्थापना दिवसका अवसरमा भोलि २५ गते नगर भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालयहरु, सम्पुर्ण शैक्षिक संस्था तथा मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिईएको हो ।

२५ गते विहान साढे ६ वजेदेखि प्रभातफेरीको आयोजना गरेको नगरपालिकाले लगत्तै खुल्ला मञ्चमा आधिकारीक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागिता जनाउने भएपछि नगर भरि सार्वजनिक विदा दिईएको वताईएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा उक्त कुरा उल्लेख गरिएको छ । साथै नगरपालिकाको कार्यक्रममा मातहतमा कार्यरत शिक्षक, कर्मचारी पदाधिकारीहरुलाई औपचारिक पोशाकमा कार्यक्रममा सहभागि हुन समेत सुचित गरेको छ ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech