१२ श्रावण २०८१, शनिबार

सहकारी स्व:सक्षमताकालागि बाँकेमा माकुरे जालो प्रभावकारी बन्दै

संस्थाको हालको अवस्था र दिर्घकालिन कार्यशैलिलाई समेत चित्रण गर्न तयार पारीने यो माकुरे जालो विधिले सहकारीको स्तर बृद्धिमा सहयोग पुग्ने

  • विकल भट्टराई

कोहलपुर,बाँके:कुनै पनि वित्तिय संस्था स्व:सक्षमतामा सञ्चालनमा छ कि छैन र संस्थाको फेहरीस्त बार्षिक चक्र कस्तो छ भनेर मापन गर्ने विधि अहिले बाँकेमा रहेका उद्यमी सहकारीहरुमाझ प्रभावकारी बन्दै गएको छ ।

हेफर ईन्टरनेशनल नेपालको अथक प्रयास, प्राविधिक र आर्थिक सहयोगवाट नेपाल सरकारको सम्वन्धित निकायमा विधिवत दर्ता भई उद्यमी सहकारीका रुपमा बाँकेका कार्यरत १७ वटा सहकारीहरुले आजभोलि बार्षिक रुपमा सहकारीको मापन गर्न यो विधि अपनाउदै आएका छन ।
बिभिन्न ११ वटा टुल्सहरुको प्रयोग गर्दै संस्थाको हालको अवस्था र दिर्घकालिन कार्यशैलिलाई समेत चित्रण गर्न तयार पारीने यो माकुरे जालो विधिले सहकारीको स्तर बृद्धिमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्छन सामाजिक उद्यमी महिला सञ्चाल नेपाल चितवन (सेवा नेपाल)  क्लस्टर कार्यालय बाँकेका अधिकृत गोपि पुडासैनि ।

बाँके जिल्लामा क्लस्टर कार्यालय राखेर लुम्विनी र कर्णाली प्रदेशका ८ जिल्लामा उद्यमी महिला सहकारीहरुसंग काम गर्ने सेवा नेपालले बाँकेका १७ उद्यम सहकारी र बर्दिया, सुर्खेत लगायतका सहकारी संस्थाहरुको स्तर बृद्धि र कार्य मापन कार्यका साथै सहकारी शिक्षा तथा साक्षरता कार्यक्रमलाई तिब्रता दिएको छ ।

समाजमा सहकारी प्रति परेको नकारात्मक सन्देशलाई चिर्न ग्रामिण स्तरमा सहकारी शिक्षा तथा साक्षरता अभियान चलाएको सेवा नेपालले बाँकेको बैजनाथ ४ एकाशिनगरमा २ दिने सहकारी क्षमता मापन कार्यशाला सम्पन्न गरेको छ ।

हेफर ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक उद्यमी महिला सञ्जाल चितवनको आयोजनामा बैजनाथ सामाजिक उद्यमी महिला सहकारीका सदस्यहरुमाझ २ दिने कार्यशाला सम्पन्न गरेको हो ।कार्यशालामा सहकारीले सम्पन्न गरेका क्रियाकलाप तथा कार्यक्रमको मापन एबं मुल्यांकन गर्दै आगामि दिनमा सुधार गर्नुपर्ने बिधिलाई समेत दस्तावेजका रुपमा तयार पारेको छ ।

माकुरे जालो विधिमा वजार सेवाको पहुँच, वित्तीय सेवामा पहुँच, कृषि तथा पशु विमा, समन्वय र सहजकर्ता सञ्जाल, उत्पादन सामाग्री तथा सेवा प्रदान। सहकारी सुसासन, वित्तीय ब्यबस्थापन, सदस्य सेवा तथा ब्यबसायिक गतिविधि, मानव संसाधन, सहकारीको समुदाय र सरोकारवालासंगको संलग्नता, ब्यबसाय ब्यबस्थापन, मुल्य मान्यता सम्वन्धित निपुर्णता जस्ता कुराहरुमा छलफल गर्दै सहभागिमुलक छलफल गराईएको थियो ।

कृषि उद्यममा महिलाको साथ, उत्पादन र वजारीकरणमा सेवाको साथ भन्ने मुल सन्देशका साथ आयोजित २ दिने कार्यशालामा सहकारीमा वनेका विनियम तथा नितीहरु कार्यान्वयनको अवस्था, बित्तीय विवरण एबं कोपोमाईस प्रबिष्टी र रिर्पोटङको अवस्था र प्रचलित कानुन र बिधि समवत सहकारी चले नचलेको नाप जाँच समेत गरिएको थियो ।

सम्पन्न गरिएका उत्कृष्ट कार्यहरुलाई निरन्तरता दिने र गर्न बाँकी कार्यहरुलाई कार्ययोजनाकासाथ कार्य विभाजन गरि जिम्मेवारी समेत दिईने माकुरे जालो विधिले सहकारीका पदाधिकारीहरुलाई समेत जागरुक र जिम्मेवारी प्रदान गरेको अनुभव ब्यक्त गर्दै बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाका पुर्व अध्यक्ष एबं सल्लाहकार समिती संयोजक कल्पना थापाले महिलाहरुले महिला उद्यमीहरुका निम्ति सहकार्य गर्दै महिलाहरुलाई ब्यबसायिक रुपमा बाख्रापालन, भैंसिपालन तथा तरकारी खेती तर्फ उन्मुख गराईरहेको बताईन ।

यस्तै २ दिने कार्याशालामा सहभागिता जनाएर समापनका अवसरमा वोल्दै सहकारीका सल्लाहकार समिती सदस्य अस्मिता सुनारले यस्ता रिफ्रेसपुर्ण कार्यशालाहरुले महिलाहरुको सहकारीलाई थप उर्जा प्रदान गर्ने भन्दै सधै पछाडि पार्ने प्रबृत्तीलाई महिलाहरु स्वयम जागरुक भएर चिर्नुपर्ने धारणा ब्यक्त गरिन ।

सहकारीका अध्यक्ष कमला बुढाको अध्यक्षतामा आयोजित २ दिने कार्यशाला गोष्ठिमा सञ्चालक समिती, लेखा समिती, ऋण उप समितीका साथै अन्य उप समिती र कर्मचारीहरु गरि २४ जनाको सहभागिता रहेको थियो भने गोष्ठिको सहजिकरण सामाजिक उद्यमी महिला सञ्चाल नेपाल चितवन (सेवा नेपाल) अधिकृत गोपि पुडासैनिले गरेका थिए ।

संस्थाको हालको अवस्था वारे वताउदै प्रबन्धक प्रमोद रिजालले शेयर सदस्यहरुले उत्पादन गरेका खसि बाख्राहरु खरिद बिक्रिले निरन्तरता पाएको वताएका थिए ।  उनले संस्थाले बैशाख मसान्त सम्म १ हजार पाँच सय पन्चानब्बे शेयर सदस्यहरुमार्फत ३० लाख शेयर पुँजि परिचालन गरेको र ६८ लाख बचत संकलन गरि १ करोडको हाराहारीमा बाँकी कर्जा रहेको बताए । सदस्यको परियोजना विश्लेषण गर्दै माईक्रो फाईनान्स विधि अनुरुप कर्जा प्रवाह गर्ने सहकारीले कर्जाकै लागि मात्र सदस्य बन्ने, दैनिक बचत संकलन गर्ने परिपाटिलाई भने निरुत्साहित गर्ने गरेको प्रबन्धक रिजालको भनाई रहेको छ ।

 

  • ३१ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech