१२ श्रावण २०८१, शनिबार

शिक्षा : बिगत र वर्तमान
  • चिन्ताराम शर्मा

भनिन्छ शिक्षा सबै थाेककाे जननी हाे ।ब्यक्ती, समाज, राष्ट्र समुन्नत, सभ्य ,आत्म निर्भर यसैले बनाउँदछ।उत्पादन मूलक नागरिक, राेजगारौकाे सिर्जन पनि शिक्षाले नै गराँउछ । मानीसका साेच, बेबहार, मूल्य मान्यतामा फेरबदल भैरहन्छ।समय, वातावरण, साेचाई,आबश्यकता, परिबेश, राजनैतिक ब्यबस्था परिबर्तन र विभिन्न संचारका माध्यम, ब्यक्तीका चाहनाले प्रभाव पार्दाे रहेछ । मेरै जीवनकालमा देखियका बिबिध कुराहरूकाे स्मरण  अहिले ताजै लाग्छ। सबै क्षेत्रकाे कुरा नभइ शिक्षाकाे कुराकै बारेमा भए गरेका कुराकाेबारेमा समान्य लेख्न खाेजेकाेछु कतिलाई बिस्वास नलाग्ननि सक्छ तर कुरा सत्य हाे ।

म सानै थिएँ गाउँमा बिद्यालयलाइ पाठशाला भनिन्थ्याे सबै गाउँमा पाठशाला थियनन, कतै कतै मात्र हुने गर्थे । त्यसबेलाका मिडिल, हाइस्कुल त कतै कतै मात्र थिए तेसैले पढन घरबाट टाडा जानूपर्थ्याे कापि किताब र कलमकाे पनि समस्या हुने गर्थ्याे। काठकाे पाठी, खरीढुंगा  निगालाका कलम, कटुजकाे मसि प्रयाेग गरिन्थ्याे यी गाउँघरका चलन थिय। पाठशाला नभयकाे गाउँमा घर,टाेलमा १ जना गुरु राखेर साझ बिहान केही समय मात्र पढ्ने चलन थियाे कखरा, अंक ,दुना, तमसुक भरपाई सिक्ने गरिन्थ्याे। यस्तै पढाइमा पनि मानिसकाे चासाे बढि देखिन्थ्याे गाउ घरमा स्कुल खाेल्ने चासाे बढि देखिन्थ्याे तर भवन, शिक्षक, ब्यबस्थापनकाे समस्या हुन्थ्याे अहिलेजस्ताे बिद्यालय संचालन गर्न सहज थियन।सरकारले तुरुन्तै सुबिधा दिने ब्यबस्था थिएन। चन्दा, आर्थिक सहयाे उठाउन पनि कठिन थियाे तैपनि गाउँ गाउँमा केही मानिस बिद्यालय स्थापन गर्न लागि परेका हुन्थे भारत, तराइ,बाट शिक्षक ल्याइ, गाउँमा घर कुरियाबाट जिन्सी ,रुपैया, अनाज आदि संकलन गरेर शिक्षककाे तलब बाकी राखेर भएपनि गाेठ,चाैर चाैतारी, रुखकाे मुनि पठन पाठन गर्ने ब्यबस्था गरिन्थ्याे ।
शिक्षक गुरु विद्यार्थी चेलाकाे रुपमा रहन्थे अभिभावक पनि शिक्षकलाइ खुबै बिश्वास गर्थे, पढेलेखेका मान्छे सबैकुरा जानेका असल मान्छे संझन्थे, कतै चिठ्ठी लेख्न परे वा कतैबाट चिठ्ठी आएमा शिक्षकसंग नै पुग्थे त्याे सबै काम शिक्षकले नै गरिदिन्थे यसरी शिक्षक प्रति अरिलाे बिश्वास अडेकाे थियाे। गाउघरमा लेन देन वा किनबेच हुदा समेत शिक्षकबाटै कागजात लेखाइन्थ्याे । घरमा मिठाे मसिनाे पाक्दा पनि शिक्षकलाई सवैवाट  संझनामा निम्त्याइन्थे । बिद्यालयलाई सबैले आफ्नै सम्झन्थे, त्याहा कसैले पनि बदमासी गर्दैनथे। बिद्यालय सबैकाे साझा संपति बन्थ्याे।

बिद्यालयकाे कुनैपनि काममा श्रमदान गर्न तयार हुन्थे गाउघरमा कटुवालकाे सूचना हकाराेमै बिद्यालय पुग्थे बिद्यालयमा कुनै कार्यक्रम हुदा सबैकाे सक्रिय सहभागिता रहन्थ्याे बिद्यालयप्रति धेरै माया हुन्थ्याे अभिभावक ,गाउका जानमान बिद्यालय संचालनकाे लागि टाढासम्म सहयाेग संकलन गर्न जान्थे यसरी बिद्यालय चलाएकाे हुन्थ्याे हाम्राे स्कुल भन्ने भावन सबैसंग हुन्थ्याे साच्चिकै शिक्षाकाे मन्दिर थिए बिद्यालय ।
यसमा कसैले बदमासि गर्न हुदैन भन्ने साेच हुन्थ्याे। बिद्यार्थी पनि अनुशाषित, चरित्रबान हुन्थे गुरुकाे नजरमा केही पनि नराम्रा क्रियाकलाप गर्दैनथे । सबैकाे आदर सम्मान गर्थे मितबेयी, हुन्थे ,पाठ कण्ठस्त गर्थे। अभिभावक पनि बिद्यालय प्रति सक्रिय रहन्थे चन्दा, श्रमदानमा सक्रिय रहन्थे ।

श्रमदान गर्दा घरमा नभई छुटेछ भने  पछि आई बाँकि भयमा श्रमदान नभय पैसा दिन्थे सबैले बिद्यालयलाई आफ्नै संपति सम्झन्थे। बिद्यालय राम्राे भयाे भने आफ्नाे इज्जत सान बढेको सम्झन्थे बिद्यालयकाे बैठक , जन्माेत्सबमा उपस्थित भएर सबै गतिबिधि नियाल्थे त्यहा हुने खेलकुद, सास्कृतिक कार्यक्रम सबैले रुचिकासाथ हेर्दथे र  पुरस्कार समेत दिन्थे । यस्ते शिक्षकपनि लगनसिल र मेहनती  हुन्थे सिमित श्राेतसाधन, सिमित भाैतिक बाताबरणमै पनि प्रयासरत हुन्थे।आफू त्यस बिद्यालयकाे, गाउँ समाजकाे कसरी प्रतिष्ठित बन्ने भनेर चिन्तित रहन्थे बिद्यार्थीलाइ आफ्नै छाेराछाेरी झै सम्झन्थे।समग्रमा भन्दा बिद्यालयकाे चासाे चिन्ता सबैमा ओेेेधी थियाे ।

हाल बिद्यालयकाे भाैतिक वातावरण  खेलमैदान, खाने पानी राम्राे भएकाे छ यसमा बढि सरकारकाे लगानी छ। शिक्षक दर्बन्दी बढि छ, शिक्षक तालीम ब्यबस्था छ, बिद्यलय अनुगमन, निरीक्षणकाे ब्यबस्था छ, बिद्यार्थीकाे लागि छात्रबृती, पाठ्यपुस्तक अध्ययनकाे लागि थुप्रै ब्यबस्था छ,पढेलेखेका अभिभाबक छन, पढेलेखेका ब्यबस्थापन समिति, शिक्षक अभिभावक छन, नजिक नजिकमा बिद्यालय छन  झनै देशमा संघीय लाेक तान्त्रिक गणतन्त्र आयदेखि शिक्षा सम्बन्धी धेरै काम पालिका स्थानीय सरकार मातहतमा छना पहिले झै मन्त्रालय, क्षेशिनिसम्म धाउनुपर्ने भयन ।समग्रमा हेर्दा पहिले भन्दा सजिलाे भयकाेछ।

याेग्यता पुगेका बिषयगत शिक्षककाे ब्यबस्था,निर्धारित पाठ्यक्रम याे शिक्षाप्रणालौकाे राम्राे ब्यबस्था हाे । तैपनि हिजाेकाे झै अभिभावक, समाज  किन सन्तुष्ट देखिदैनन यसबारे अनुसन्धानकाे महत्व छ।किन शैक्षिक बेराेगार बढ्यो ! १२ कक्षा पढेर बैदेशिक लहर किन चल्याे ? राष्ट्रिय उदेश्य के हुन ?  बिद्यालय तहगत उदेश्य के हुन ? हामीले शिक्षा हासिल गरेपछिकाे मार्ग र भबिष्य के हाे ? राष्ट्रले शैक्षिक लगानी के काेलागी गरेकाे हाे ? देश, अभिभावक, समाजकाे चाहना केहाे ? अन्तरराष्ट्रियपरिबेश केहाे, सिकारुकाे शिक्षा हासिल पछिकाे दक्षता सीप केहाे,सिकारुले  आर्जन गरेकाे शिक्षाले उसलाई कहा जाेड्ने हाे यसबारे हुने समीक्षा मूल्याङ्कनले हामीलाई के पृष्टपाेषण दिएकाे छ ,अब कसरी जाने के कार्यान्वयन गर्ने हाम्रा बिद्यालय कस्ता हुने, सहजकर्ता र सिकारु अभिभावक कस्ता हुने र शिक्षण सिकाई कस्ताे हुनु पर्ने यसबारे साेच्न आबश्यक छ।

”गित जस्ताे गाइन्छ त्यस्तै नाच हुने हाे”तेसैले हामी सराेकारवालाले एक पटक साेच्न आबश्यक छ ।के ? अझै पनि यसै गरि दिन काट्ने हाे। राजनैतिक संरचनाकाे परिबर्तन, भाषण,नारा,कुराले मात्र शैक्षिक परिबर्तन संभव देखियन।हामी स्वदेशकैआबश्यकताकाे पहिचान गरेर शैक्षिक उदेश्य निर्धारण गरि पाठ्यक्रम निर्माण गरेर सक्षमता छनाेट गरि नयाँ शैक्षिक क्रियाकलाप संचालन गर्न सके  फलदायी हुन्थ्याेकि ?सबैले समीक्षा गराै हामीले देशकाे शिक्षा प्रणाली माैलिकतामा संचालन गरेका छाैं या दातृराष्ट्रकाे चाहना अनुरुप यसबारे पनि समिक्षाकाे आबश्यकछ।

हमीले हालसम्म शिक्षाकाेलागि अभिभावक, समाज, सिकारु, सहजकर्ता र सरकार तथा गैर सरकारी संघ/संस्थाले गरेकाे लगानीबाट केकति प्रतीफल आएकाेछ यसकाे समीक्षा गरेर हाम्राे घाटा नाफा केहाे समिक्षाकाे खाचाेछ। हालसम्मकाे हाम्राे पाठ्यक्रम,शिक्षाकाे राष्ट्रिय नीति, शैक्षिक संरचना, कक्षा काेठा, सहजीकरणका तरिका, अनुगमण सुपरिबेबक्षण,निरीक्षणका  पक्ष र सरकारी तथा निजी लगानीकाेअबस्थामा के परिबर्तित छ साेच्न पर्ने हाेकी?बालक तथा सिकारूकाे इच्छा, चाहना, अभिरूचौ र देशकाे आबश्यक्ताकाे पहिचान गर्न सकियकाे छ वा छैन यसबारेपनि समीक्षा गराैं शिक्षाका नियम कानून के कस्ता छन प्रयाेग कसरी भएकाेछ सत्यतथ्यकाे पहिचान गराैं र तर्जुमा गरि निश्पक्ष,निस्वार्थ  एवं कर्तब्यनिष्ठ भयर सबैले जवाफदेहिता लिनेगरी लाग्न पर्ने हाेकी?

शिक्षा सम्बन्धी सबैकाम स्थानीय सरकारकाे जिम्मा दिनु राम्राे पक्षहाे तर पुरानै तवरतरिकाबाट हिडियाेभने फरक के आउनेहाे।हाम्राे दुरदृष्टी केहाे मार्ग कस्ताे हाे त्याहा पुग्न गर्न पर्ने केहाे? काे कसरी लाग्ने यसबारे पनि किटान गरि ईमान्दारीका साथ लाग्ने हाेकि? हल्ला, लहलहै ब्यक्तीगत ईच्छा चाहना र स्वार्थलाई त्यागेर साझा सहमती र प्रतीबद्दता गर्ने हाेकी ।सिकारुकाे सिकाइ प्रतीकाे उत्सुक्ता, सहजकर्ताकाे सहजीकरण प्रतीकाे जागर र सिप, अभिभावककाे सक्रिय सहभागिता र लगानी सरकारकाे स्पस्ठ नीति र दुरदृष्टी  कसरी बढ्ने हाे यसबारे पनि थप कामकाे खाेजी गर्ने हाेकी?हाम्राे शिक्षा उत्पादन,राेजगारी, ब्यबहारिक, प्रयाेगात्मक राष्ट्र र राष्ट्रियता मूलुक बनाउँन के ब्यबस्था गर्नु पर्ने हाे स्थानीय, प्रदेश र  संघीय सरकार र हामी सबै सराेकारवालाले साेच्ने हाेकी? सिकारुलाई प्रमाणपत्रकाे मात्र नभयर सीप र दक्षताकाे सक्षम बनाँउने प्रयासमालाग्ने हाेकी? शिक्षाले ब्यक्तीमा हुने डर,त्रास,संकाेच  ,निर्दयता,रिस र नकारात्मक साेच हटाँउनु पर्छ भने आत्मबिश्वास, जाँगर ,सीप, दक्षता,प्रबिधि,धैर्यता,दया माया ,नैतिकता , राष्ट्र र राष्ट्रियताकाे भावना बढाँउनु पर्छ।शिक्षाले ब्यक्तीलाई श्रमसंग गास्न सक्नु पर्छ,शिक्षा ब्यक्तीकाे उत्पादन देखि राष्ट्रिय उत्पादनसंग जाेडिनु पर्छ।

सामजिक सद्भाव र बिश्वासकाे आधारशिला शिक्षा बन्नु पर्छ।यीआदर्श सूचक भेटाउन  राष्ट, सरकारले साेहि अनुरुपकाे बाचाबरण तर्जुमा गर्नुपर्छ।हामीकहा पचासाैं बर्षसम्म नीति ,याेजना, नियम कानुन,ऐन,,कक्षाकाेठाकाे क्रियकलाप ,अनुगमन,र प्रबिधिमा परिबर्तन  देखिदैन, नारा, उटपट्याङ, परिक्षणमै सिमित भयकाे सत्य हाे। हामी हाम्राे धरातलल र दर्र्शनलाई बिर्षन थालेक छाैं यसले बिबिध बिकृती र शैक्षिक बेराेजगार, बिसंगतिमात्र निम्त्याइ रहेकाेछ यसकाे हेक्का, जवाफदेहिता लिने कसले लिने सबै पानी माथिकाे ओभानु छाैं।पहिलेकै सरकारी नीति,याेजना, पहिलेकै अनुगमण तरिका, पहिलेकै सिकाइ तवर तरिका, पहिलेकै सहजीकरण क्रियाकलाप, पुराजै मूल्याङ्कन प्र्णाली अनि हामी कसरी नया युगमा प्रबेश गरेर आत्मनिर्भर बन्न सक्छाै र।सफल हुन्छाैं सरकार, बिद्यालय ब्यबस्थापन समिति, शि अ स, शिक्षक, विद्यार्थी, राजनैतिक पार्टी, अभिभावक र नागरिक समाज सबैले छातीमा हात राखेर साेच्ने बेला आएकाेछ हनमीले कहाँ के गरि राखेका छाैं आफुले आफैलाइ नढाटाैं।ईमानदार ,कर्तब्यनिष्ठ   सच्चिउ सचेत बनाैं  सफल याेजना, नीति, कर्म,  म्रियकलाप, लगानी गराैं अबश्य पनि सफल बन्ने छाैं ।

सबै आफूले गरेकाे काममा सन्तुष्टि हुने अबस्थाकाे तर्जुमा गराैं ।सबैभन्दा पहिला समस्या पहिचान गराैं दुर दृष्टीकाे अभाव, फितलाे सुपरिबेक्षण,  राजनितिक स्वार्थ, ब्यबहारिक पाठ्यक्रम र पाठ्यपुस्तककाे अभाव, कमजाेर प्रशाषण, सरकार र शिक्षा मन्त्रीकाे चाहना,सबैका ब्यक्तीगत स्वार्थ, अब्यबस्थित मूल्याङकन प्र्णाली, पक्षपात व्यवहार, बेराेगारमुखी, यसमा आजभन्दा फितलाे परीक्षा प्रणाली, शिक्षकमुखी कक्षा क्रियाकलाप, विद्यार्थी उपस्थिती अनिमियता, अभिभाबककाे सहभागिता न्यून, गरिबी, बाध्यतत्मक अबस्था ,समाजिक बिबिधता,  आदि यिनै समस्या निराकरण गरेर स्वस्थ र सिर्जनात्क कार्य गरेमा सबैले आ- आफ्नाे जिम्मेवारी पूरा गरियाेभनेमात्र  सुधारउन्मुख हुन्सक्छ । यसमा आजभन्दा पहिलेकाे शिक्षा ब्यबस्था राम्राे थियाे भनियकाे हाेईन तर पहिले सबैमा उत्सुक्ता, चासु, लगनसिलता, अभिभावककाे सहभागिता  र अनुशाषणकाे मर्यादा थियाे सरकारी पक्षबाट केही सहयाेग नहुदा पनि समाज सक्रिय रहेकाे थियाे अब पनि समाज सक्रिय बनाउन ,सबै जुट्न आबश्यक छ सबैले  सरकार देखि नागरिक, शिक्षक ,विद्यार्थी तथा शिक्षासंग सराेकार राख्ने सबैले आ आफ्नाे जिम्मेवारी र भूमिकालाइ ईमान्दारितासाथ पूरा गराैं कार्यशैली चुस्त, दुरुस्त,नबप्रवनातमक राखाैं यसैमा प्रतीबद्दता गराैं अरुकाे आश र बिश्वासमा नपराैं गर्नुपर्ने हामीले नै हाे अरूलाई दाेष देखायर हामी शुद्द बन्न नखाेजाैं काम र जिम्मेवारी पुरा गरेर पबित्र बनाैं।
काेहलपुर १० बाके

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech