१२ श्रावण २०८१, शनिबार

मधेशमा बन्यो १४ सदस्यीय जम्बो मन्त्रिपरिषद्
  • न्युज मानसराेवर

जनकपुरधाम: मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन गर्नुभएको छ। । आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त हुनुभएको हो  ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री हुनुभएको छ  ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech