२३ भाद्र २०८१, आईतवार

मोहि संस्कृतीको विकास गर्दै कोहलपुरका सन्तोष (भिडियो सहित)

बजारमा पाईने विभिन्न पेय पदार्थको विकल्पमा ए वान डेरीको मोहि

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: नेती,मदानि र ठेकिको सहारामा मोहि पार्दै गरेका सन्तोष भेटिए कोहलपुर १० मा रहेको ए वान डेरी उद्योगमा । आधुनिक जमानामा पनि पुरानो संस्कृती जोगाउदै गिठाको ठेकिमा मोहि पार्ने सन्तोषले कोहलपुरमा आज भोलि मोहि संस्कृतीको विकास गरेका छन । सरकारी होस या गैर सरकारी कार्यालयहरुको कार्यक्रममा उनको मोहिको माग यतीबेला कोहलपुरमा ह्वात्त बढेको छ । वजारमा पाईने कोक, फेन्टा ड्यु जस्ता पेय पदार्थ चलन चल्तिमा बेग्रेल्ति पाईने भएपनि मानिसहरु आजभोलि सचेत हुनेक्रम जारी रहेपछि सन्तोषको मोहिले बजार तताएको छ ।

कोहलपुर नगरपालिकाको स्थापना दिवसमा समेत मोहि वितरण गरिएपछि एकखाले सकारात्मक सन्देस प्रवाह भएको भन्ठान्छन सन्तोष । एउटै ठेकीको १५ हजार सम्म खर्चेर जुम्लावाट ठेकि मगाएका सन्तोष पौडेलको ए वान डेरीमा मोहि पार्ने वहानामा फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नेहरु आउने पनि कमि छैन अचेल ।

दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिक काम गर्दा गर्दै २०७४ मा आफनै ए वान डेरी खोलेका सन्तोष पौडेलले शुरुमा रु १ लाख लगानिमा यो दुग्ध ब्यबसाय शुरु गरेका हुन । शुरुका दिनहरुमा कोहलपुर ११ न्युरोडमा डेरी उद्योग सञ्चालन गरेका सन्तोषले २०७६ सालदेखि कोहलपुर १० कालिकानगर स्थित आफनै घरमा ब्यबसायलाई ब्यबस्थित गरि सञ्चालन गरिरहेका छन । अहिले उनको लगानिले ५० लाख छोईसकेको छ । स्थिर सम्पत्ति समेत राम्रो जोडेका सन्तोषसंग अहिले ३ वटा चिलिङ भ्याट छन । फयाट निकाल्ने मेसिन देखि दुध चिसाउने र तताउने मेसिन समेत उनीसंग मौजुदा छन ।

वजारमा थुप्रै डेरी उद्योग भएपनि क्वालिटीमा कप्रमाईज नगर्ने सन्तोषको विश्वसनियताले मोहिको माग कोहलपुरमा बढदो छ तर उनीलाई मोहि पुरयाउन भने हम्मे हम्मे पर्ने गरेको छ । बिभिन्न पेय पदार्थलाई विस्थापित गर्ने गरि आजभोलि मोहिले वजार लिन थालेपछि उनको उद्योगमा दुध विक्रि गर्न आउने किसान पनि हौसिएका छन ।

दुधको माग उच्च छ तर प्रयाप्त मात्रामा पाउन नसक्दा दुधबाट बन्ने सबै बस्तुहरुको उत्पादन माग अनुसारको आपुर्ति गर्न नसकेको स्विकार गर्ने सन्तोषले आफनो उद्योगकालागि बर्दियाको लक्ष्मना,भुरीगाउ, बाँकेको नरैनापुर, ढकेरी र कम्दिवाट समेत दुध ल्याउने गरेका छन ।
दिनमा ६ देखि सात सय सम्म दुध खपत गर्दै आएका सन्तोषकले आफनो ए वान डेरीबाट बिशुद्ध घ्यु प्रतिकिलो १२००, क्रिम प्रतिकिलो ८००, महि प्रति लिटर ६०, दुध प्रति लिटर १०० र दहि प्रति लिटर १४० मा बिक्रि वितरण गर्दै आएका छन । ग्राहकको चाहना अनुसार होम डेलिभरी समेत गर्ने गरेको छु भन्दै सान्तोषले ठुला ठुला कार्यक्रमहरुमा आफनै गाडिमा आफैले हाँकेर मोहि पुरयाउने गरेका छन ।

बाँके डेरी एसोसियसनका महासचिव समेत रहेका सन्तोषको यो पेशाले ४ जनालाई रोजगार समेत दिएको छ भने मासिक खर्च कटाएर ६० देखि ७० हजार सम्म वचत गर्ने वातावरण दिएको छ ।

भिडियो 

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech