३१ जेष्ठ २०८१, बिहीबार

बाँकेमा लोप हुँदै रैथाने धानको विउ
  • शम्भु प्रसाद थारु

जानकी,बाँके: बाँके जानकी गाउँपालिका ४ ठुलो खजुराका ५० बर्षिय किसान बिश्राम बर्माले स्थानीय रैथाने बालीको रूपमा रहेको स्यामजिरा धान लगाउँछन् । जिजु बाजेदेखि नै स्यामजिरा धान लगाउँदै आएको उनी बताउँछन् । गाउँका अधिकांस किसानहरू रैथाने बालीको रूपमा रहेको स्यामजिरा धान लगाउन छाडिसकेकाछन् । तर उनी भने, ती रैथाने बाली अहिले पनि जोगाई रहेकाछन् । बर्मा भन्छन्, “स्यामजिरा धान भात खानामा राजा धान हो । खानामा जति मिठो हुन्छ, उत्तिकै नरम र बास्नादार पनि हुन्छ ।” उक्त धानको भात खाँदा, खाईरहु जस्तो लाग्छ ।

ठुलो खजुराकै अर्का किसान किरण कुमार बर्माले बिगतमा खेतभरी स्यामजिरा धान लगाउने गरेको सम्झिन्छन् । उनी भन्छन्, ‘बिगतमा गाउँवरीपरी खेतभरी स्यामजिरा धान लगाएको देखिन्थ्यो । तर अहिले आंैलामा गनिने जतिको किसानले थोरै क्षेत्रमा मात्रै खेती गर्ने गरेकाछन् ।’ स्यामजिरा धान अन्य धानको तुलनामा पछाडि तयार हुन्छ । तयार हुदां सम्म बर्खा सकिसकेको हुन्छ । सिचाईको लागि पानी, रोग किराको प्रकोप र बजारीकरण गर्दा उचित मूल्य नपाउँदा पनि किसानहरू स्यामजिरा धान लगाउन छाडेको किरण बताउँछन् ।

रैथाने बालीको रूपमा रहेको स्यामजिरा धान अहिले जानकी गाउँपालिका ४ को ठुलो खजुरा र सानो खजुरा गाउँका सिमित किसानले मात्रै लगाउने गरेका छन् । यी दुई गाउँ स्यामजिरा धानले परिचित छ । यहाँ बर्षौदेखि किसानहरू स्यामजिरा धान लगागाउँदै आएका छन् । तर पछिल्लो समय स्यामजिरा धानको खेती गर्ने किसानको संख्या एकदमै घटेको छ । बिगतमा गाउँका सबै किसानले थोरै धरै स्यामजिरा खेती गर्ने गर्दथे भने, अहिले ती दुई गाउँका १५÷१६ जना किसानले मात्रै खेती गरिरहेका छन् । अहिले गाउँका ठुला किसानले आफुले खानका लागि मात्रै उक्त धान लगाउने गरेको ठुलो खजुराका किसान बिनोद बर्मा बताउँछन् । गएको २÷३ बर्ष अगाडी धानमा किराले धेरै नोक्सान गरेपछि अधिकांस किसानले खेती गर्न छाडेको बर्मा बताउँछन् ।

स्यामजिरा धान ढिलो तयारी हुने धान हो । कात्र्तिकको पहिलो सातामा यो धान फुटेर बाला पसाउँछ । मंसिरको अन्ति हप्तादेखि पौषको दोस्रो हप्तासम्म मात्रै तयारी हुन्छ । धान ढिलो तयार हुने भएकाले रोगकिराको बढी प्रकोप हुन्छ । धानमा बाला पसाउने बेला बर्खा असोज महिनामै सक्किने भएकाले धान सिचाईको लागि पानी एकदमै आवश्यक पर्छ ।

स्यामजिरा धानको भात खानामा एकदमै स्वादिलो हुन्छ । तर उत्पादन अन्य धानको तुलनामा एकदमै कम फल्छ । एक कठ्ठामा बढीमा पौने क्विन्टल मात्रै उत्पादन हुन्छ । उत्पादन भएको धानले पनि राम्रो बजार नपाउँदा किसानहरू व्यवसायिक रूपमा खेती हुन नसकेको किसान बिनोद बर्मा बताउँछन् ।

स्यामजिरा धानको खेती बढाउनका लागि स्थानीय सरकारले सिचाई र समयमा मलको सुबिधा, बिउबिजनमा अनुदान, प्रबिधिक सेवा र बजारीकरण व्यवस्था गरिनु पर्ने स्थानीय किसानहरूको माग छ ।

रैथाने स्यामजिरा धान संरक्षण गर्ने योजनामा जानकी गाउँपालिका

जानकी गाउँपालिकाले रैथाने धानको रूपमा रहेको स्यामजिरा धानलाई संरक्षण गर्ने योजनामा छ । रैथाने धान लोप हुन गैरहेकाले आउने आर्थिक बर्षमा संरक्षण गर्ने योजनामा रहेको कृषि शाखा प्रमुख मनोज मण्डलले बताउँछन् । उनी भन्छन् , “हामी रैथाने स्यामजिरा धान संरक्षण गर्ने योजनामा छौ । चालु आर्थिक बर्षमा नै संरक्षणका लागि बिउ बितरण गर्ने योजनामा थियो तर बिउ नपाउदां कार्यक्रम संञ्चालन गर्न सकिएन ।” भारतबाट सोही प्रकृतिको धान किसानहरूले ल्याएर खेती गर्दा स्यामजिरा धान बिस्थापित हुदै गएको शाखा प्रमुख मण्डल बताउँछन् । आउने आर्थिक बर्षमा किसान छनोट गरेर कम्तिमा ५ कठ्ठामा धान लगाउने किसानालाई मल बिउ र उत्पादनमा सहयोग गर्ने योजनामा रहेको मण्डल बताउँछन् ।

रैथाने स्यामजिरा धान करिब करिब बाँके जिल्लाबाट बिस्थापित भैसकेको छ । तर जानकी गाउँपालिका ४ ठुलो खजुरा, सानो खजुरा र वडा नम्बर ३ को रमवापुरका केही किसानले मात्रै स्यामजिरा धानको खेती गर्ने गरेकाछन् । लोप हुने आवस्थामा रहेको स्यामजिरा धानलाई संरक्षण गरी व्यवसायिकरण र बजारीकरण गर्न सके जानकी गाउँपालिकाको ब्राण्डको रूपमा स्थापित हुने पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल बताउँछन् ।

अहिले किसानहरू धानको बिउ छरिरहेकाछन् । तर रैथाने जातको धानको बिउ बिरलै मात्रै किसानहरू छर्ने गरेकाछन् । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले रैजाने धान प्रबद्र्धन गर्ने योजना छ, तर किसानहरू लगाउन नमानेपछि लोप हुदै गएको बताउँछन् । उनी भन्छन् , सबै किसानलाई लगाउने मन त छ तर सिचाईको सुबिधा नभएका कारण किसानहरू लगाउन छाडेकाछन् । बिस्तारै सिचाईको सुबिधा बढ्दै गएकाले किसानहरूलाई आगामी दिनमा रैथानले धान खेती तर्पm प्रबद्र्धन गर्दै जाने पालिकाको योजना रहेको उनी बताउँछन् ।

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech