१२ श्रावण २०८१, शनिबार

नेपालगञ्जको जामा मस्जिद इजगाहमा आर्थिक हिनामिना !
  • न्युज मानसराेवर

नेपालगञ्ज:दारुल उलुम फैजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिका अध्यक्ष र कोषाध्यक्ष विरुद्ध आर्थिक अनियमितताको दाबी सहित जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी परेको छ ।

अध्यक्ष, कोषाध्यक्ष र केही सदस्यहरुले हरहिसाब फरफारक नगरी राजिनामा दिएको भन्दै कार्यसमितिका पदाधिकारीहरुले नै प्रशासनमा उजुरी दर्ता गराएका हुन् ।

‘दारुल उलुम फैजुन्नबी जामा मस्जिद ईदगाह सन्चालक समितिका कार्यसमितिका अध्यक्ष, कोषाध्यक्ष र अन्य केही सदस्यहरूले लिखित राजिनामा दिएकोले तीन महिना भित्र संस्था नविकरण र साधारण सभाबाट नया कार्यसमिति गठन गर्ने भनि जानकारी प्राप्त भएकोले हालसम्म अस्तित्वमा रहेको कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षबाट संस्थाको खर्च हिसाब किताब फच्र्याैट नगरी नगराई एक्कासी लिखित राजीनामा दिएको’ उजुरी प्रशासनमा दर्ता भएको हो ।

मुश्ताक अन्सारी, ईर्फान सिद्दीकी, अकिल इद्रीसी, इर्फान मनिहारले प्रशासनमा निवेदन दिएका हुन् । उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्ज बोधार्थ दिएका छन् ।

महासविच ईर्फान खानले ६ बर्षदेखि संस्थाको हरहिसाब नभएको र एक्कासी राजिनामा आएको बताए । ‘हरहिसाब नदिएपछि प्रशासनमा आर्थिक अनियमितताको उजुरी कार्यसमितिका पदाधिकारी र सदस्यले संयुक्त उजुरी हालेका हौं’, उनले भने ।

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech