१० मंसिर २०८१, सोमबार

दाङबाट काठमाडौँ जाँदै गरेको बस मध्यराति रुपन्देहीमा दुर्घटना (घाईतेको नामावली )

रोकिएको ट्रकमा ठोक्किँदा एक गम्भिर ४३ घाईते

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:गएराति रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौँ तर्फ जाँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका १० सालझन्डीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

‘सालझण्डी बजार नजिकैको पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको हो,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले न्युज मानसरोवरसँग भने, ‘दुर्घटनामा बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर छ।’

घाइतेहरुको चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचार भइरहेको उनले बताए।डीएसपी भट्टका अनुसार दुर्घटनामा नामथर र वतन नखुलेका बसका सहचालक गम्भीर घाइते भएका छन्।

यी हुन् चाैराहा अस्पताल बुटवलमा उपचार भइरहेका घाइते
१.जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न.‍पा-२ बस्ने वर्ष ४२ को ईश्वर प्रसाद गिरी। निधारमा चोट, अवस्था सामान्य
२. ऐ.ऐ वडा न. १९ वस्ने वर्ष २२ को मदन वि.क। दाँया कुममा भित्री चोट, अवस्था मध्यम
३. ऐ.ऐ वडा न. ५ वस्ने वर्ष १९ कि स्नेहा वली। नाक, निधार र गर्धनमा चोट, अवस्था सामान्य।
४.हाल नामथर वतन नखुलेका बसका सहचालक। निधार, टाउको, हातमा चोट। अवस्था गम्भीर।
५.जिल्ला सल्यान छत्रश्वर गा.पा वडा न. २ वस्ने वर्ष ३१ को वसन्त वली। अनुहारमा चोट, अवस्था सामान्य।
६. ऐ .ऐ गा.पा वडा न ५ वस्ने वर्ष २२ को सुजन डाँगी। दाहिने आँखामा चोट, अवस्था समान्य।
७. जिल्ला दाङ घोराही उ.प.म.न.पा वडा न १५ वस्ने वर्ष १६ को बलदेव घिमिरे। टाउको र बाँया खुट्टामा चोट, अवस्था सामान्य।
८. जिल्ला दाङ तुल्सिपुर  उ.प.म.न.पा १२ वस्ने वर्ष २८ को सुवास रावत। भित्री चोट, अवस्था मध्यम । (बसका चालक)
९.जिल्ला दाङ घोराही उपमहानगरपालिका १० वस्ने वर्ष ४९ को कमला भण्डारी। नाकमा चोट, अवस्था सामान्य।
१०. ऐ.ऐ वस्ने वर्ष ५३ को मुकुन्द भण्डारी। खुट्टामा चोट, अवस्था सामान्य।
११. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न १० वर्ष २३ कि उर्मिला शर्मा। अवस्था सामान्य।
१२.ऐ.ऐ वडा न. १५ वस्ने वर्ष ६३ को चुमन गोतामे। अवस्था सामान्य।
१३. ऐ.ऐ वस्ने वर्ष ५२ को रिसिराम गौतम। अवस्था सामान्य।

एडमनसिटी हस्पिटल बुटवलमा उपचार भइरहेका घाइते
१४. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न ९ वस्ने वर्ष ४३ को धन बहादुर बस्नेत। दाँया खुट्टामा चोट, अबस्था मध्यम।
१५. जिल्ला दाङ बस्ने वर्ष ४० को युटिआइयमआइ नेपाली। छातिमा चोट, अवस्था सामान्य।

हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचाररत घाइते
१६. जिल्ला रुपन्देहि बुटवल वस्ने वर्ष ३१ को भरत खत्री। बाँया खुट्टामा चोट अवस्था सामान्य। डिस्चार्ज भइसके।
१७.जिल्ला गोर्खा गो.न.पा ४ वस्ने वर्ष २७ को सन्तोस रम्तेल। अवस्था सामान्य। डिस्चार्ज
१८. जिल्ला सोलुखुम्बु माहाकुलुङ गा.पा ३ वस्ने वर्ष ३६ को अचम्म कुलुङ राइ। घुडा र छातिमा चोट अवस्था समान्य। डिस्चार्ज
१९. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न ६ वस्ने वर्ष ३२ को बिष्णु परीयार। छातिमा चोट। अवस्था सामान्य। डिस्चार्ज
२०. ऐ.ऐ वडा न १६ वस्ने वर्ष  ३० को रामचन्द्र डाँगी दायाँ घुडा र ढाडमा चोट। अवस्था समान्य। डिस्चार्ज
२१.ऐ.ऐ वडा न १८ वस्ने वर्ष १८ को दिपक खडका दाँया खुट्टामा चोट। अवस्था समान्य। डिस्चार्ज
२२. ऐ.ऐ वडा न १० वस्ने वर्ष २४ कि सुमु चौधरी दाँया गालामा चोट। अवस्था सामान्य। डिस्चार्ज
२३. जिल्ला सल्यान बनगाड न. पा ८ वस्ने वर्ष २४ को भिम बहादुर ऐरी अनुहारमा चोट अवस्था समान्य। चौराहा हस्पिटल बुटवलमा रिफर
२४. जिल्ला दाङ घोराही उपमहानगरपालिका १० वस्ने वर्ष २२ को रविन चौधरी। खुट्टामा चोट। अवस्था समान्य। डिस्चार्ज
२५. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका ४ वस्ने वर्ष ३१ को सुमन रेउले। खुट्टामा चोट अवस्था सामान्य। डिस्चार्ज
२६. जिल्ला दाङ घोराही उपमहानगरपालिका १० वस्ने वर्ष २८ कि भुमिका रेउले। खुट्टामा चोट अवस्था सामान्य। डिस्चार्ज
२७. जिल्ला दाङ घोराही उपमहानगरपालिका १२ वस्ने वर्ष ४५ को ईन्द्र बहादुर वलि। घाँटीमा चोट। अवस्था सामान्य। चौराहा हस्पिटल बुटवलमा रिफर।
२८. भारत मोतियारी वस्ने वर्ष ३४ को यामडी खान। खुट्टामा चोट अवस्था सामान्य डिस्चार्ज
२९. ऐ.ऐ वस्ने वर्ष अ २४ को भुट्टा खान टाउकोमा चोट अवस्था सामान्य। डिस्चार्ज
३०. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका १२ वस्ने धनबिर चौधरी। नाकमा र हातमा चोट अवस्था सामान्य। डिस्चार्ज
३१. जिल्ला सल्यान कपुरकोट गा.पा वडा ४ वस्ने वर्ष ४० को गोपाल घर्ती। खुट्टामा चोट चौराहा हस्पिटल बुटवलमा रिफर
३२. जिल्ला सल्यान डार्मा गा.पा ५ वर्ष ३५ को डन्डबिर केसी। खुट्टामा चोट चौराहा हस्पिटल बुटवलमा रिफर
३३. जिल्ला सल्यान बाघचौर गा.पा २ वस्ने बर्ष ४० कि तोला केसी खुट्टामा चोट। चौराहा हस्पिटल बुटवल रिफर
३४.जिल्ला रुकुम सानोभेरी गा.पा १० वस्ने वर्ष २८ को धनराज वलि। घाटिमा चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
३५.ऐ.ऐ वस्ने वर्ष ३० को अमर वली। नाकमा चोट डिस्चार्ज
३६. ऐ.ऐ वर्ष ३८ को भिम बहादुर वली। मुख र खुट्टामा चोट। डिस्चार्ज
३७. जिल्ला सल्यान कोटमावली वस्ने वर्ष ४३ कि टीका कुमारी वली। आखाँमा चोट। अवस्था सामान्य। डिस्चार्ज
३८.जिल्ला सल्यान कपुरकोट गा.पा वडा ५ वस्ने वर्ष २० की हिमा बस्नेत। हात र टाउकोमा चोट। डिस्चार्ज
३९. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका १४ वस्ने वर्ष ४४ कि साहिति थरुनी। घाँटी र छातिमा चोट। चौराहा हस्पिटल बुटवल रिफर
४०. जिल्ला रोल्पा त्रिवेणि गा.पा ७ वस्ने वर्ष २६ को बिमल डाँगि वाया कुममा चोट। अवस्था समान्य। चौराहा हस्पिटल बुटवल रिफर
४१. जिल्ला सल्याण छत्रसेरा वस्ने वर्ष ३८ को देविराम पुन मुखमा र खुट्टामा चोट। अवस्था सामान्य। चौराहा हस्पिटल बुटवल रिफर
४२. जिल्ला सल्यान बाघचौर न.पा वडा न ९ वस्ने वर्ष ४५ को डम्बर वली। मुख र खुट्टामा चोट। डिस्चार्ज
४३.जिल्ला रुकुम चौरजहारी न.पा ८ वस्ने वर्ष २७ को रुपेस पुन मुखमा खुट्टमा चोट। अवस्था सामान्य। डिस्चार्ज

  • ३० जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech