कोहलपुर,बाँके: बाँकेमा भएको अत्याधिक गर्मिले नागरिकहरुले अकालमै ज्यान गुमाउन थालेका छन । गत राति नेपालगञ्ज – १ स्थाई घर भई माईतीमा बस्दै आएकी कोहलपुर १२ चप्परगौरीका ४१ बर्षिया मुना शर्मा गौतमको गर्मिका कारण निधन भएसंगै बाँकेमा अत्याधिक गर्मिले मृत्यु वरण गर्नेहरुको संख्या ४ पुगेको छ । यस अघि खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको मृत्यु भएको थियो । उनी शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए। सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।
त्यसैगरि गर्मिकै कारण नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको थियो ।
गत राती मृत्यु भएकी गौतम दिनमा कामको शिलसिलामा बिभिन्न स्थानमा पुगेर साँझ घर पुग्दा एक्कासि मुुटु दुखेर रगत बमविट गरे संगै मृत्यु वरन गर्न पुगेको स्थानियहरुले वताएका छन । गौतमको आज नै अगैया घाटमा अन्त्यष्टि गरिने पारीवारीक स्रोतले न्युज मानसरोवरलाई वताएको छ । यसैविच गर्मिकै कारण कोहलपुर ११ लोकनगरका ८१ बर्षिय नोथी थारुको समेत गत राति निधन भएको उनका परिवारले जनाएका छन ।