नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार मात्र नभई अन्य रोगको समेत उपचार सेवा दिईंदै आइएको छ । क्यान्सर रोगको उपचारका लागि उक्त क्यान्सर अस्पतालले पछिल्लो चरणमा अन्य रोगको उपचार सेवासमेत दिन थालेको हो ।
क्यान्सर अस्पतालमा कार्यरत मृगौला, मुत्र, क्यान्सर रोग विशेषज्ञ डा. प्रबीण गुप्ताका अनुसार क्यान्सरसँगै मृगौला र मुत्र रोगको पहिचान र उपचार गरिँदै आइएको छ ।
बजेट, श्रोत साधन र जनशक्तिको अभाव रहेपनि अस्पतालले आएका विरामीलाई प्रभावकारी उपचार दिने प्रयास गरिरहेको डा. गुप्ताको भनाई छ । क्यान्सरको ८० प्रतिशत र अन्य रोगको २० प्रतिशत विरामीहरु उपचारका लागि आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।