बर्दिया: कर्णाली नदीको बहावले सतर्कता तह पार गरेको छ। लगातारको वर्षाका कारण कर्णाली नदीको चिसापानी क्षेत्रमा जलसतह १०. ८ मिटर पुगेको छ। यहाँ जलसतह १० मिटर पुगेका सतर्कता तह पार गरेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ। यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ।