कोहलपुर,बाँके: लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाईएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म १ सय ७९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १ सय ७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको बताए। पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म रुपन्देहीमा ५० जना, बाँकेमा १९ जना, दाङमा १८ जना, अर्घाखाँचीमा १६ जना, बर्दियामा ७ जना, रोल्पा र प्युठानमा २र२ जना, रुकुम पूर्व र कपिलवस्तुमा १र१ जना संक्रमित भेटिएका छन् ।