२२ भाद्र २०८१, शनिबार

कोहलपुरमा लोरीको चर्चा ! के हो लोरी ?
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा लोरीको चर्चा गरिएको छ । लोरी खिम के.सि.द्धारा लिखित गजल संग्रह हो । नवोदित गजलकार खिम के.सि.को गजल संग्रह लोरीको आज शुक्रवार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा चर्चाको कार्यक्रम सम्पन्न भएको छ ।

गजलकार के.सि.ले उक्त कार्यक्रममा करिब दर्जनबढी गजलहरू वाचन गरेका थिए उनी आफू हाल अमेरिका बस्दै आए पनि बिदाको दिनलाई सदुपयोग गर्दै गजलको पुस्तक प्रकाशन गर्दै साहित्यलाई थप प्रश्रय दिईरहेको उपस्थित टिप्पणीकर्ताहरुले प्रष्ट पारेका छन ।

आधुनिकताको विकाससँगै आजको पुस्तालाई लोरीको महत्त्व बुझाउन लोरी प्रकाशन भएको कार्यक्रमका समीक्षक एवं गजलकार कपिल अन्जानको दावि छ । अन्जानले के.सि. अमेरिका बस्दै आए पनि पुरै नेपाली भुगोल, नेपाली माटोलाई गजलमा उतारेको टिप्पणी गर्दै अहिलेको पुस्ताले लोरी पढ्नै पर्ने गजल संग्रह रहेको जिकिर गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा.टिकाराम उदासीले परम्परागत गजल लेखन र अहिलेको नेपाली गजलको मुल स्रोत, मुल आधार भनेकै हाम्रै परिवेश, हाम्रै गाउँ,समाज भएकाले पनि गजल संग्रह अब्बल भएको औंल्याए । उनले, के.सि.का गजलले परदेश गएर घरमा एक्लै भएका वुवा,आमाको मनोभावना समेत समेटेको बताए ।

कार्यक्रमका तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले निरन्तर साहित्य मार्फत समाज रूपान्तरणमा टेवा पुग्दै आएको चर्चा गर्दै यस्ता कृतिहरू पुस्तकालयसम्म आइपुग्ने गरि पठाइदिन आग्रह गरे । कार्यक्रममा साहित्यकारहरू पुष्कर रिजाल, खोपीराम वली, एकराज शर्मा, खेम बगर लगायतका साहित्य अनुरागीहरुको सहभागिता रहेको थियो ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech