कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा पछिल्लो समय स्केटिङ्ग गेम हाउसहरु बेग्रल्ति खुल्ने क्रम जारी रहेको बेला कोहलपुर १० रामनगर नजिक भने बुद्धमाया स्केटिङ्ग भने सञ्चालनमा आईसकेको छ । असार ११ गतेदेखि शुरु भएको बुद्धमाया स्केटिङ्गमा आजभोलि टिनएजर्स युवा युवतीहरुको प्रत्यक दिन भिडभाड भएको देख्न पाईन्छ । कोहलपुरमा यो नौलो प्रयास भएकाले पनि युवाहरूमाझ यसको क्रेज बढेको देखिन्छ ।
खेल शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायिक भएकाले पछिल्लो समय बालबालिका तथा युवाहरुको क्रेज स्केटमा बढि देखिएको हो । मोबाइलको बढी प्रयोग र कुलतमा फस्ने जस्ता कार्यहरुमा बढी केन्द्रीत हुने युवायुवतीलाई स्केटिङ्गको खेलले ब्यस्त बनाउने र शरीरको लागि फलदायि हुने स्थानियहरुको विश्वास रहेको भएपनि स्केटिङ्ग हाउस वरपर भिडभाड र संभावित हुन सक्ने झगडाले भने चिन्ता निम्त्याएको छ ।
शान्ति सुरक्षा सहितका यस्ता खालका स्केटिङ्ग हाउसहरु सञ्चालन हुनुपर्ने स्थानियहरुको जोड रहेको छ । बुद्धमाया स्केटिङ्गमा आएकाहरुविच प्राय लफडावाजि भईरहने गरेकाले कुनै दिन अप्रिय घटना नघटला भन्न सक्ने स्थिती भने छैन ।
यता बुद्धमाया स्केटिङ्गका सञ्चालक अजग गुप्ताले भने बुद्धमाया स्केटिङ्ग दर्ता भएको उल्लेख गर्ने गरेको भएपनि कागजातहरु भने देखाउन सकिरहेका छैनन । नगर प्रहरी प्रमुख वीर बहादुर थापाले आफुले एक पटक उक्त कम्पनीसंग सरोकार राख्दा दर्ता भएको छ पेश गर्न बाँकी भएको वताएपनि नगरमा कुनैखाले कागजात पेश नगरेकाले आफु फ्लो अपमा लागेको वताएका छन ।
समाचारदाताको प्रश्नमा सञ्चालक अजय गुप्ताले बुद्धमाया स्केटिङ्ग नगरपालिकामा दर्ता भईसकेको उल्लेख गरेपनि कागजात उपलब्धका सम्वन्धमा आफुले नचिनेको मान्छेलाई कागजात उपलब्ध गराउन नसक्ने भन्दै आफु बुधवार आएर मात्र न्युज हाउससंग भेटने वताएका छन । यद्यपि समाचारदाताले यो बिषय समाचारकालागि भएकाले उपलब्ध गराउनुपर्ने भन्दा उनले समाचार प्रकाशित गर्न सक्ने भन्दै संचार सम्बन्ध बिच्छेद गरिदिएका छन ।
यस बिषयमा थप खोज गर्दा उनले उक्त हाउसमा स्केटिङ्ग गर्न आउने युवा युवतीलाई प्रति १ घण्टाकालागि बिक्रि गर्ने टिकेटमा कम्पनी दर्ता एबं कम्पनीको पान नम्वर विना बिक्रि वितरण गर्दै आएको न्युज मानसरोवरले फेला पारेको छ । स्केटिङ्ग हाउसमा प्रष्ट देखिने गरि कम्पनी दर्ता र पान नम्वर टासेर राख्नुपर्नेमा उक्त स्केटिङ्ग हाउसका भित्तामा कहि कतै पनि ईजाजतका कागजात र प्यान नम्वर टाँसिएको भने छैन ।
यसरी सञ्चालनमा आएका नयाँ नयाँ कम्पनीहरुले मनोरञ्जन कर बापत कोहलपुर नगरपालिकालाई नगरले ताकेको कर बुझाउनुपर्ने हुन्छ कतै राजश्व चुहावट भएको त छैन सम्बन्धित निकायले समयमै अनुगमण गर्ने कि ?