१७ असार २०८२, मंगलवार

सागरको मोहर विमोचन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँके कोहलपुरका लेखक सागर गैरेको मोहर नामक कृति विमोचन गरिएको छ । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कार्यक्रमका प्रमुख अतिथी एबं लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोग सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेले गैरेको मोहर विमोचन गरेका हुन ।
शनिवार कोहलपुर पार्टि प्यालेसमा आयोजित एक कार्यक्रमका विच विमोचित मोहरमाथि प्राध्यापक डाक्टर जर्नादन आचार्य र प्राज्ञ हरि प्रसाद तिमिल्सिनाले कृतिवारे चिरफार गरेका थिए ।

हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्य अनुरागि, विद्यार्थी, शिक्षक लगाएत प्रबुद्ध वर्गहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव बद्रि  ढकालले गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी तथा पाहुनाहरुलाई सन्तोषि बिष्टले आफनो स्वागत मन्तब्य मार्फत स्वागत गरेकि थिईन ।

  • १९ श्रावण २०८१, शनिबार प्रकाशित

  • Nabintech