२७ भाद्र २०८१, बिहीबार

नेपालगञ्जमा भब्य रुपमा मनाईयो फोनिजको स्थापना दिवस
  • न्युज मानसराेवर

नेपालगन्ज: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा पनि भव्य रुपमा मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश समिति र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )बाँके शाखाको सयुक्त आयोजनामा २५ औं स्थापना दिवस आइतवार नेपालगन्जमा भव्य रुपमा मनाईएको हो । (फोनिज )को अभियान, संचारमा पहिचान भन्ने मुल नाराका साथ २५ औं स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा (फोनिज ) लुम्बिनी प्रदेश समितिका अध्यक्ष गजेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगिन शर्मा,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पुर्व महासचिव भेषराज बस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगी, नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मर थापा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक महराई मगर, कोषाध्यक्ष विर बहादुर राना मगर, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियन बाँकेका सचिव भिष्म लोध, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, समाजवादी पत्रकार संगठनका अध्यक्ष लोकनाथ शर्मा, ठकुरी पत्रकार संगठन बाँकेका अध्यक्ष करुणा शाह, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतले २५ औं स्थापना दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

(फोनिज ) बाँकेका सदस्य ममता थापाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य (फोनिज ) बाँकेका सहसचिव सुमन गिरी श्रेष्ठले गरेका थिए । कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकार लगायत आदिवासी जनजातिसंग जोडिएका संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech