२७ भाद्र २०८१, बिहीबार

मौलिक संस्कृती संरक्षण र पर्वद्धनकालागि आजवाट कोहलपुरमा तिज महोत्सव

कला संस्कृती र रैथाने गीत संगीतको संरक्षण र पर्वद्धन हुनुपर्नेमा जोड

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:मौलिक कला हाम्रो दायित्व र संस्कार, ऎतिहासिक हाम्रो पहिचान भन्ने मुल नाराका साथ मंगलबारदेखि कोहलपुरमा तीज महोत्सव सुरु भएको छ । मौलिक संस्कृती संरक्षण र पर्वद्धनकालागि आजवाट कोहलपुरमा दियालो परिवार कोहलपुरको आयोजनामा तीज महोत्सवको शुभारम्भ गरिएको छ । आज मंगलवार आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रम २०८१ मा कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर संगीता सुवेदीले मौलिक गीत संगीतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन ।

उनले, हाम्रो आमाको बालापनको उमेरताका गाइने, बज्ने गर्ने गरेका जस्ता गीत, संगीत बिस्तारै हराउँदै जान लागेकोमा चिन्ता व्यक्त गर्दै दियालो परिवारले विगतका दिनदेखि कला, गीत, संगीतको संरक्षणमा लाग्दै आएकोमा आगामी दिनमा निरनतरताको कामना गरिन ।

कार्यक्रमका अतिथि कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नम्बर ८ का वडाअध्यक्ष लालबहादुर रानाले यस्ता कार्यक्रमले मौलिक रचना लगायतलाई जोड्न सकिने र घुम्न, रमाइलो गर्ने कहाँ जाउँ भन्ने कुराको विकल्प हुने बताए ।

 

कार्यक्रमका विशिष्ट अतिथी, उद्यमी, युवा नेतृ अन्जना पाण्डेले पछिल्लो समय होटेल, रेस्टुरेन्टमा केन्द्रीत हुँदै आएको तीजलाई कलाकारहरुको प्रस्तुतिले मौलिक गीत संगीत लगायतलाई जोड्ने अभियान चालेकोमा खुशी व्यक्त गरिन् । उनले अब तीजको प्रस्तुतिलाई एकै ठाउँ सबैसँग रमेर नाँच्न, गाउन सकिने बताइन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेमविक्रम जि.सी., नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका अध्यक्ष राधा गौतम, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराई, शिक्षाप्रेमी विष्णु बेल्बासे, राजनीतिकर्मी उर्मिला अधिकारी पाण्डे, पूर्णकला भण्डारी, पिंकी शाह, ओमप्रकाश चापागाईं, लक्ष्मण कुँवर लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको पहिलो दिन चर्चीत गायक संदीप न्यौपानेले आफ्ना गीतहरुले दर्शकहरूलाई उत्साहित बनाउँदै मनोरञ्जन दिएका थिए । दियालो परिवारका अध्यक्ष भावना पाठकको अध्यक्षतामा भएको आजको शुभारम्भ कार्यक्रममा दियालोको अभियान भनेकै कला, संस्कृतिलाई बिस्तारै जोगाउँदै पहिलेकै अवस्था फर्काउन सकिन्छ भनेर आफुहरू लागेको अध्यक्ष पाठकको भनाई छ ।

कला संस्कृती र रैथाने गीत संगीतको संरक्षण र पर्वद्धन हुनुपर्नेमा जोड दिएको दियालो परिवार कोहलपुरले यो तीज महोत्सवको आयोजना गरेको हो । प्रति टिकट रु १ सय कायम गरिएको प्रबेश शुल्क जेष्ठ नागरिक र अपांगहरुलाई भने ५० प्रतिशत छुट सहित प्रबेशको ब्यबस्था गरेको आयोजकले न्युज मानसरोवरलाई जनाएको छ । महोत्सवमा दैनिक जसो चर्चित कलाकारका साथै स्थानिय कलाकार , नृत्य नित्र्यगंना र स्थानिय कलाकारहरुको समेत जोडदार प्रस्तुती रहने छ । महोत्सवमा झुला, वाल मनोरञ्जन लगाएत मनोरञ्जनका स्टलहरु समेत राखिएको छ ।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech