९ मंसिर २०८१, आईतवार

सामाजिक सञ्जालमा आफनो तेजोवध गरेको भन्दै भण्डारीद्धारा पत्रकार – प्रहरी गुहार

प्रसंगविहिन तरिकाले आफना फोटा समेत जोडेर आएपछि अभियान्ताहरु आक्रोशित

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बिभिन्न समयमा जनसरोकारका विषयहरु उठाएर स्थानिय जनतालाई सुसूचित गर्दै आएका सामाजिक अभियान्ता भुम भण्डारीले आफनो तेजोवध गर्दै २१ गते हरितालिका तीजका दिन कोहलपुरका केहि ब्यक्तिहरुले आफनो ब्यक्तिगत जिवनको खिल्लि उडाउने गरि सामाजिक सञ्जालमा आफनो र अन्य अभियान्ताहरुको फोटो जोडेर गरिएको प्रचारवाजिलाई लिएर आपत्ति जनाएका छन । उनले निजि जिवनसंग सामाजिक अभियान्ताहरुलाई जोडेर गरिएको यस हर्कतका विरुद्ध आफुले प्रहरी समक्ष साईवर अपराधका साथै चोरीको आरोपमा मुद्धा दर्ता गर्दै पत्रकारहरु समक्ष आफनो वास्तविकता उल्लेख गरि प्रेस विज्ञप्ति समेत उपलब्ध गराएका हुन ।

उनलाई एक फेसबुक प्रयोगकर्ता पुरन ढकालले सुन्दर नगरी कोहलपुरका अभियान्ता र सुशासनका कुरा गर्ने ठुलाबडाको हालत भन्दै यो अवस्थामा भेट भाको छ भनेर एक स्टाटस पोष्ट गर्दै कोहलपुरको विकास र संबृद्धि चहाने ब्यक्तिहरुको फोटो जोडेर यस्तासंग संगत र साथ गर्नेहरु कस्तो हालतमा होलान अरु भन्दै प्रश्न गरेका छन । उनले पोष्ट गरेको उक्त स्टाटसलाई सुमन केसिले समेत शेयर गरेका छन भने दर्पन वलि, विवेक चन्द, लगाएत ३ दर्जन बढिले उक्त स्टाटस शेयर गरेपछि पुरन ढकालको स्टाटस भाईरल भएको पाईएको छ ।

भुम भण्डारीले भने तीजको सार्वजनिक विदा र आफु ब्यक्तीगत कारोबारको कामको सिलसिलामा बर्दिया जिल्लाको बाँसगढी बजारमा गएर कोहलपुर फर्किने क्रममा कोहलपुर नगरपालीका ११ गोलपार्क नजिक पुगेको अवस्थामा एक्कासी रिङ्गाटा लागेपछि आफुले चलाईरहेको सवारी साधन स्कुटर साईडमा राखेर आराम गरेको उल्लेख गरेका छन ।

एक प्रेस बिज्ञप्ति जारी गर्दै भण्डारीले चर्को गर्मी र मानविय स्वास्थ्यका कारण समास्या आउन सक्ने अवस्थालाई नजर अन्दाज गर्दै सामाजिक सञ्जाल जस्तो संबेदनशिल प्लेट फर्ममा आफनो बदनाम गराउने गरि सुनियोजित रुपमा यस्तो हर्कत गरिएको दावि गरेका छन । उनले स्वास्थ्य समस्याले लडेको देखेर उद्धार गर्नुको साटो विगतका दिनहरुमा एउटै बिचार र झण्डा मुनी बसेर राजनितिक सहयात्रा गरेका सुमन केसि, पुरन ढकाल लगाएतले सामाजिक संजालमा तेजोवध गर्ने मनसायले फोटो खिचेर अर्नगल प्रचारबाजी गरेको कार्यप्रती दुःख ब्यक्त गर्दछु भन्दै भण्डारीले राजनितिक तुष राखेर प्रतिसोध साध्ने चेष्टाले सार्वजनिक जिवनमा हानी नै गर्ने उल्लेख गरेका छन ।

उक्त दिनको घटनामा आफनो मोबाईल, गोजीमा रहेको २ हजार ३ सय ५० नगद र कोहलपुर नगरपालीकासँग सूचना मागकालागी लेखीएका दुई थान निवेदन समेत चोरी भएको जिकिर गरेका छन । मानविय जिवनको ब्यक्तीगत समस्यालाई मानविय रुपमा नलिई सार्वजनिक सरोकारका विषयमा गरीएका अभियानमा समेत सहभागी सहकर्मी स्तरीय जिवन यापन गरीरहेका राजनितिक, ब्यवसायीक, सामाजिक ब्यक्तीहरुलाई समेत आरोप लगाईनु घोर आपत्तीजक कार्य गरीएको भन्दै भण्डारीद्धारा लिखित प्रेस बिज्ञप्तिमा सो को कानुनी उपचार खोजीने समेत उल्लेख गरेका छन ।

उनले अगाडि भनेका छन दुःखमा परेको, बिरामी परेको, अशक्त भएको अवस्थाको भद्दा मजाकको विषय बनाई दलिय राजनितिक चिन्तन बोकी अफवाह फैलाउन, विशुद्ध सामाजिक हित दवाव अभियानको तस्बिर समेत राखी सामाजिक संजालबाट चरीत्र हत्या गर्न खोजीएको कार्य कदापी स्विकार्य विषय होईन र सकिदैंन पनि ।

व्यक्तिगत समस्या, कमजोरी तथा अस्वस्थताजन्य कुरा कहिले पनि सार्वजनिक हित र चासोको विषय बन्न सक्दैनन्, बन्छ त केवल मानविय संवेदनाको । त्यसैले कपोकल्पीय, भ्रामक विषयान्तरका लेखाई बोलाई र सम्प्रेषीत कुराहरु गरी चरित्र हत्या गर्ने कार्य गम्भीर त्रुटिपूर्ण छ । यस प्रकारको कार्य कोही कसैबाट आगामी दिनमा नगर्न नगराउन समेत ध्यानाकर्षण जानकारी गराउन चाहन्छु उनको बिज्ञप्तिको अन्तिममा उल्लेख गरेका छन ।

यता भण्डारीको निजि मामलासंग आफनो फोटो समेत जोडिएपछि बेटर बाँकेका उपाध्यक्ष संजय मण्डलले आपत्ति जनाउदै प्रसंगविहिन तरिकाले आफु लगाएत अन्य सम्मानित ब्यक्तिहरुको फोटो जोडेर स्टाटस आउनु र उक्त फोटो समेत कोहलपुर नगरपालिका विरुद्धको फोटो पाईएपछि नगरपालिकाकै मुख्य – मुख्य ब्यक्तिहरुले यस्तो हर्कत गर्न लगाएको हुन सक्ने आशंका ब्यक्त गरेका छन ।

यस बिषयलाई लिएर अभियान्ताहरु सिएम उपाध्याय, भरत पनेरु, देविन सुबेदी, महेन्द्र थारु, अर्जुनजंग शाह लगाएतका ब्यक्तिहरुले आफनो फोटो समेत पोष्ट गर्नाको कारण प्रष्ट पार्नुपर्ने भन्दै यस्ता नियोजित घटनाले कोहलपुर नगरपालिका नेतृत्वले समाजलाई कुन दिशातर्फ लैजान चाहन्छ भन्ने प्रष्ट पारेको वताएका छन । उनीहरुले यस्ता द्धैध चरित्र वोकेका ब्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउन स्थानिय सरकार र प्रहरीसमक्ष अनुरोध समेत गरेका छन ।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech