९ मंसिर २०८१, आईतवार

टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित
  • न्युज मानसराेवर

काठमाडौँ:क्यानडामा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो। नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो।

सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे। फयाज बट १७ रनमा अविजित रहे। प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए। ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे। कुशल भुर्तेल र गुल्सन झाले २र२ विकेट लिए। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि गुल्सन झा ४० र दिपेन्द्र सिंह ऐरि १८ रनमा अविजित रहे। गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने। कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाए। कुशल भुर्तेलले २० रन थपे। कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के। ओमानका लागि अकिब इलियासले ३ विकेट लिए।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech