२७ आश्विन २०८१, आईतवार

अख्तियार नेपालगञ्जमा दुई महिनामा १२२ उजुरी
  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा १२२ वटा उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक बर्ष २०८१/८२ को हालसम्म १२२ वटा उजुरी दर्ता भएका हुन् । साउनमा ७१ वटा उजुरी दर्ता भएकोमा भदौ महिनामा ४१ वटा उजुरी दर्ता सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।

अख्तियारले भ्रष्टाचारसम्बन्धी उजुरी प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट लिँदै आएको छ । हुलाक, इमेल, लिखित निवेदन, टेलिफोन लगायतका माध्यमबाट उजुरी पर्ने गरेका छन् । कार्यालयका अनुसार साउन महिनामा इमेलबाट २४, टेलिफोन १, मोबाइल एप १, हुलाकबाट २६ र लिखितरुपमा १८ वटा उजुरी दर्ता भएका छन् ।

यसैगरी भदौमा इमेलबाट १२, टेलिफोनबाट २, लिखित ८ र हुलाकबाट १९ वटा उजुरी परेको सूचना अधिकारी झलक केसीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले चार जिल्ला हेर्दै आएको छ । यसको कार्य क्षेत्र बाँके, दाङ, बर्दिया र रोल्पा हुन् ।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech