९ मंसिर २०८१, आईतवार

प्रगतिशिल समुहको पाँच टास्क फोर्सले मतदातालाई शिक्षित वनाउदै

साम, दाम, दण्ड, भेदका साथ मतदाताहरुलाई जागरुक गराउदै प्रगतिशिल समुह

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन लक्षित प्रगतिशिल समुहले मतदाताहरुलाई निर्वाचन शिक्षा प्रदान गर्ने उद्धेश्यले पाँच समुहमा आफनो टास्क फोर्स समुहलाई परिचालन गरेको छ । सचिवालयमा आउने गुनासाहरुलाई सम्वोधन गर्न सचिवालयलाई समेत थप एक्टिभ गराएको प्रगतिशिल समुहले क्यिुक रेस्पोन्स गर्न टास्क फोर्स परिचालन गरेको निर्वाचन प्रचार प्रसार समितीका संयोजक कुस्माखर वस्यालले वताएका छन ।

उनले पदाधिकारीहरुका उम्मेदवारहरुको नेतृत्वमा टास्क फोर्स परिचालन गरिएको जनाउदै जति सक्दो चाँडो स्थानिय वडा कमिटीका पदाधिकारीहरुको सुचनालाई आधारमानि पैदल, गाडि वा वाईकमा जुन आवश्यक हुन्छ उक्त साधनको प्रयोग गर्दै मतदाताहरुको मतदान प्रक्रियाकावारे शिक्षा प्रदान गर्ने रणनिती लिएको हो ।

अव घर- घर गएर सम्भव नहुने भन्दै अध्यक्ष पदका उम्मेदवार अञ्जना धितालले पार्टिका वडा कमिटिलाई चलाएमान गराई टोल कमिटीको आवश्यकता अनुसार आफुहरुले क्युक रेस्पोन्स गर्नेगरी बैज्ञानिक रणनिती अख्तियार गरेको वताईन । उनले निर्वाचनको समय नजिकिंदै गएपछि ७ सय बढि महिला मतदाताहरु रहेको कोहलपुर उद्योग वाणिज्य संघको प्रकाशित नामावली अध्यन गरेर महिलाहरुको क्युक रिफ्रस टिम समेत भोलिवाट परिचालन गर्नेगरि आफनो नेतृत्वमा प्रचार समिती युद्धस्तरवाटै लागेको दावि गरेकी छिन ।

हरेक पटक पुरुषहरुको नेतृत्व हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफुले पुरुषहरुको विरासत महिलाहरुको काँधमा ल्याउने ठुलो अभिभारा वोकेको भन्दै साम, दाम, दण्ड, भेदका साथ मतदाताहरुलाई जागरुक गराउन लागिपरेको वताईन ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार भुपेन्द्र प्रसाद काफलेले आफु कहाँ र कस्लाई भेट्न जाने भन्ने सुचना नदिई हिडनु पर्ने समय आएकाले आफना सर्मथक भन्दा पनि विपक्षि सर्मथकहरुको सुचि लिई गुप्त भेटघाटमा व्यस्त रहेको भन्दै युवाहरुको काँधमा जिम्मेवारी वहन गर्न सक्ने आफुसँग योग्यता र क्षमता भएको भन्दै अहिले सम्म विवादरहित रुपमा कोहलपुर उद्योग वाणिज्य संघमा अघिल्लो कार्यकाल सफलतापुर्वक भुमिका निर्वाह गरेका कारण पनि आफनो विजय सुनिश्चित भएको तर विपक्षिहरुलाई कम्जोर नठान्ने निती रहेकाले ढुक्क हुन पनि पटक पटक मतदातामाझ आफु पुगिरहेको वताए ।

निर्वाचित लक्षित प्रगतिशिल समुहको सचिवालयले समेत विभिन्न रणनिती वनाउदै प्रचार प्रसार समितीलाई निर्देशन दिईदै आएको भन्दै सचिवालयका हेम कुमार रावतले आवश्यक परे सचिवालयको सिंगो टिम छलफल भेटघाट तथा वार्ताका माध्यमहरुमा समेत सहभागिता जनाईरहेको वताएका छन ।

चुनाव प्रचार प्रसार भन्दा पनि अव मतदाताहरुले खसालेको मत वदर हुन नदिने रणनिती आफुहरुको रहेको भन्दै प्रचार प्रसार समितीका सह संयोजक एम डि कंडेलले स्वतन्त्र, न्याय चहाने व्यवसायीहरुसंगको भेटले उत्साह थपेको मात्र नभई जीतको नजिक पुगेको वताएका छन ।

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech