कोहलपुर \आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनले बजारमा मतदाता शिक्षा प्रभाकारी रुपमा संचालन भइरहेको छ ।चुनावी प्रक्रियामा सहभागिता जनाउन प्रगतिशित व्यवसायी समुह तथा लोकतान्त्रिका व्यवसायी समुहले मतदाता शिक्षा अभियानलाई पनि तिब्रता दिइएका छन।
दुवै समुहले मतदाताहरू लाई निर्वाचनका नियमहरु जानकारी दिइरहेका छन।
मतदाता शिक्षा दिने उदेश्यले कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा प्रचार प्रसार तथा उम्मेदवारहरु मतदाता विच आफ्ना घोषित योजना तथा मतदाता शिक्षा दिने उदेश्यले पार्टीका सदस्य नेताहरु समेत सक्रिय भइरहेको न्यूज मानसरोबरलाई जानकारी प्राप्त भएको छ ।
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रगतिशिल व्यवसायी समुहको नेतृत्व अन्जना धितालले गरेकी छन। त्यसै गरी लोकतान्त्रिका व्यवसायी समुहको नेतृत्व प्रदिप भट्राईले गरेका छन।