६ बैशाख २०८२, शनिबार

लुम्बिनी प्रदेशमा कयौँ सहकारीविरुद्ध उजुरी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका करिब ४ हजार सहकारीमध्ये धेरैजसो स्थानीय तहमा दर्ता भएका छन् ।

सहकारी ऐन अनुसार संघ, प्रदेश वा स्थानीय तहमा दर्ता गरेर सहकारी सञ्चालन हुन्छ । प्रदेशमा दर्ता १३० र सहकारी डिभिजन कार्यालयबाट हस्तान्तरण भएका गरी अहिले ८५० सहकारी हेर्ने क्षेत्र अधिकार प्रदेश सहकारी दर्ता कार्यालय लुम्बिनीलाई छ ।

ती सहकारीमा पछिल्लो समय विभिन्न प्रकारले समस्या उत्पन्न भएपछि उजुरीहरू आउने र टुङ्ग्याउने गरिएको लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालय प्रमुख पौडेलले रातोपाटीलाई बताए ।‘उजुरी आइरहेका छन् । मिलाउने या माथिल्लो निकायमा पठाउने काम पनि भइरहेको छ,’ उनले भने, ‘अहिले २० वटा सहकारीविरुद्ध परेको उजुरीको कारबाही प्रक्रिया भइरहेको छ ।’

उजुरी परेका सहकारीमा नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दिया, नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँके, देउखुरी बचत तथा ऋण सहकारी संस्था लि.दाङ, आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सुनौलो बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, आगन्तुक बचत तथा ऋण सहकारी संस्था लि.रुपन्देही, मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.रुपन्देही, राजधानी बचत तथा ऋण सहकारी संस्था लि.दाङ, नागरिक बचत तथा ऋण सहकारी संस्था लि. दाङ, राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि.गुल्मी छन् ।

यस्तै साइन बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सार्थक बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, त्रैयम्बकम जडीबुटी सहकारी संस्था लि.रुपन्देही, विश्व विराट बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, सप्तदिप बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, उपकार बहुद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, उपदेश बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही र जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि.दाङविरुद्ध पनि उजुरी छन् ।

केही समय अगाडि रुपन्देहीको देवदहमा सञ्चालन भएको आयाम बहुउद्देश्यीय सहकारीले बचतकर्ताहरूको रकम हिनामिना गरेपछि प्रदेश सहकारी बोर्डको सक्रियतामा ४३ लाख रुपैयाँ रकम बचतकर्तालाई फिर्ता गराइएको थियो ।

लुम्बिनी प्रदेशमा सहकारीहरूमा बेथिति बढेपछि प्रदेश सहकारी बोर्डका उपाध्यक्ष  टीकाराम पोखरेलको संयोत्कत्वमा ७ सदस्य  समस्या समाधान सुझाव कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले एक महिनाभित्र अर्थात् कार्तिक मसान्तभित्र लुम्बिनी प्रदेशमा रहेका सहकारीको अवस्था, समस्या, कानुन सम्बोधन लगायतका विषयलाई केन्द्रित गरेर सुझाव दिने छ ।

कार्यदलको सुझाव आएपछि सरकारले प्रदेशका रहेका सहकारीहरूको समस्या समाधानको लागि ठोस कदम चाल्ने प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री दिनेश पन्थीले बताए ।

उजुरी गुनासो परेका सहकारी संघ/संस्थाहरुको विवरण
१    नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बर्दिया
२    नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड,  बाँके
३    देउखुरी बचत तथा ऋण सहकारी संस्था लि,  दाङ्ग
४    आयाम बहुउद्देश्यीय सहकारी संस्था लि, रुपन्देही
५    सुनौलो बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
६    आगन्तुक बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही
७    मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लि.    रुपन्देही
८    सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही
९    राजधानी बचत तथा ऋण सहकारी संस्था लि. दाङ्ग
१०    नागरिक बचत तथा ऋण सहकारी संस्था लि. दाङ्ग
११    राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. गुल्मी
१२    साईन बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१३    सार्थक बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१४    मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१५    त्रैयम्बकम जडिबुटी सहकारी संस्था लि. रुपन्देही
१६    विश्वविराट बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१७    सप्तदिप बहुउद्देश्यीय सहकारी संस्था लि रुपन्देही
१८    उपकार बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
१९    उपदेश बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही
२०    जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि. दाङ्ग

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech