११ असार २०८२, बुधबार

स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ कपिलवस्तुको  कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नगद २० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् । अस्थायी प्रहरी पोस्ट लिङ्गेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रुपैयाँ र यूप ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको बताइएकोछ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech