७ कार्तिक २०८१, बुधबार

बाँकेका शहरहरुमा कर्णालीको कोसेली स्याउ
  • न्युज मानसराेवर

बाँके\कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्षको चाडपर्वमा कोसेलीका रुपमा घरघरमा पुग्न थालेको  छ । कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ ।कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको ‘अर्ग्यानिक’ स्याउ ठूलो मात्रामा बाँकेको कोहलपुर ,नेपालगञ्ज जस्ता मुख्य शहरमा भित्रिएको छ ।

भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि दुई सय ५० र चीनको स्याउ प्रतिकिलो एक सय ६० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको अग्र्यानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि एक सय २० रुपैयाँसम्ममा पाइन थालेपछि सबैको रोजाई कर्णालीको प्रांगारिक स्याउ नै बन्ने गरेको छ ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech