७ कार्तिक २०८१, बुधबार

१२ हजार केजी दाल नेपालगञ्ज भन्सारबाटै फिर्ता
  • न्युज मानसराेवर

नेपालगञ्ज : भारतबाट आयात गरिएको १२ हजार केजी मासको दाल नेपालगञ्ज भन्सारबाट फिर्ता पठाइएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको हो ।

दाललाई बाँकेको कोहलपुरस्थित प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले कात्तिक ४ गते भित्र्याएको थियो । दालमा ‘कोल टार डाई’ बाह्य रंग प्रयोग भएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कुनै पनि किसिमको दालमा बाह्य रंग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech