दाङ:सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप दाङको तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। जिपमा पाँच जना थिए। अन्य तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।