१० कार्तिक २०८१, शनिबार

‘दाना’ चक्रवात र पश्चिमी वायुले देशभरको मौसम बदली
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:हाल देशभर पश्चिमी वायुसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभावसमेत छ। यतिबेला  (शनिबार बिहान) कोसी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको आकाशमा पनि अहिले बादल लागेर धुम्म भएको छ।

आज दिउँसो पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला आइतबार र सोमबारको मौसम?

२०८१ कात्तिक ११ गते आइतबार

दिउँसोː कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

२०८१ कात्तिक १२ गते सोमबार
दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातिːदेशका पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

  • १० कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech