९ मंसिर २०८१, आईतवार

हङकङ सिक्सेसमा नेपालको लगातार दोस्रो जित, अस्ट्रेलिया ११ रनले पराजित
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध विजय प्राप्त गरेको हो।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन तथा एलेक्स रोसले १४ रन बनाए। यस्तै नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए। २ ओभर बलिङ गरेका जिसीले मात्र २४ रन खर्चिए। यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे। उनले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए। यसैगरी लोकेश बमले ३३ रन, विवेक यादव र रसिद खानले १२र१२ रन बनाए। अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए।

यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल (बि) वाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।

  • १७ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech