कोहलपुर\नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा रानालाई गृह जिल्लामा स्वागत गरिएको छ ।
कोहलपुर १२ निवासी रानालाई संघिय संसाद सुर्य ढकाल लगाएतले स्वागत गरेका हुन। रानाको स्वागतमा सांसद ढकालले नगद ५ हजार सहित दोसल्लाले स्वागत गरेका हुन।
उनलाई स्थानीय समाजसेवि शिव लाल पाण्डे तथा नेकपा एमाले निकट राष्ट्रिय युवा संघका सचिव खेम राज शर्मा लगाएतको सहभागिता रहेको थियो । सांसद ढकालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीले देशको नाम उच्च राखेको बतााएका थिए ।
साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा बंलादेशसँग पराजित हुँदै नेपाल उप विजेता भएको थियो ।