७ मंसिर २०८१, शुक्रबार

पहिलो पटक वडामा सार्वजनिक सुनवाई
  • न्युज मानसराेवर

सिम्ता\सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नं.६ मा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय जनप्रतिनिधि निर्वाचित भएको २ वर्ष ८ महिना पछि वडा स्तरमा पहिलो पटक सार्वजनिक सुनवाइ कार्यक्रम गरिएको हो निर्वाचित महिला सदस्य सुक्रृ बादीले भनिन् ।

हामीले वडा स्तरमा प्रदान गरेका सेवा सुविधाका बारेमा यसरी पहिलो पटक सार्वजनिक सुनवाई कार्यक्रम गरेतापनि पालिका स्तरमा भने अर्ध बार्षिक रुपमा सार्वजनिक सुनवाई कार्यक्रम हुने गरेको सिम्ता गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष गुलामसिह ठकुरले भने ।

तर अब वडा स्तरमा पनि सार्वजनिक सुनवाई जनताप्रति जवाफदेही हुने खालका कार्यक्रम आयोजना गर्नु पर्ने सिकाई भएको छ वडा अध्यक्ष ठकुरीले भने । वडा स्तरमा प्रथम चौमासिक आर्य ब्यय प्रस्तुत गर्दै वडा सचिव लक्षुमन केसीले प्रथम चौमासिक मा वडाका कूल आम्दानी २ लाख ९७ हजार ६ सय रहेको जानकारी गराए ।

त्यसै गरी जन्म दर्ता १८ विवाह दर्ता ९ मृत्यु दर्ता ६ लगाएत वडाले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता लिनेको संख्या जस्ता विवरण प्रस्तुत गरेका थिए । सार्वजिक सुनवाई कार्यक्रममा स्थानीय सहभागिहरुले वडा कार्यालयको भवन निमार्ण गर्नु पर्ने ।

वडाले प्रदान गर्ने सेवा सुविधा राजश्व जस्ता विषयहरु नागरिक वडापत्रमा समावेश गर्नु पर्ने ,वडाले दलित तथा जेष्ठ नागरिकहरुका लागि कार्यक्रममा बजेट राख्नु पर्ने लगाएतका मागहरु राखेका थिए । सार्वजनिक सुनवाई कार्यक्रममा ८बुर्दे प्रतिवद्धता समेत गरिएको छ।

सार्वजनिक सुनवाई कार्यक्रममा नेपाल सरकार कानून न्याय तथा संघिय मामिला मन्त्रालय ,संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम यू एन डि पी (ए.टु.जे) परियोजनाको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारीमा सञ्चालित कर्णाली प्रदेश जवाफदेहिता अभिवृद्धि कार्यक्रमको सहकार्यमा उक्त वडामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको हो ।

  • ७ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech