११ पुष २०८१, बिहीबार

कोहलपुरमा मेला लगाउदै नेपाल आदीबासी जनजाति महासंघ
  • न्युज मानसराेवर

कोहलपुर:  पौष ९ गतेदेखि कोहलपुरको खुल्ला मैदानमा कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव (एक्सपो २०८१) संचालन हुने भएके छ । नेपाल आदीबासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजनामा पुष ९ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको छ ।

महोत्सव पौष ९ गतेदेखि पौष १७ गतेसम्म संचालन गरीने नेपाल आदीबासी जनजाति महासंघ कोहलपुर नगरका अध्यक्ष कृष्ण बहादुर पुनले बताएका छन् ।  विश्वभरी फैलिएका हामी जनजाति, हामी आदिवासी जोगाई राखौं, भेषभुषा, भाषा, संस्कृति भन्ने मुला नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् बाँकेले यो महोत्सव संचालन गर्न लागेको हो ।

कला, संस्कृति पहिचान संरक्षण सहित संस्थाको भवन निर्माणका लागि संचालन गर्न लागिएको महोत्सवमा जाती, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहने बताईएको छ । यो महोत्सवमा आदीवासी जनजातिहरुको संयुक्त संग्राहलय निर्माण, बौद्ध गुम्बालाई थप व्यवस्थापन गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको मनोञ्जन, जातिय भाषा कक्षा सञ्चालन र असाहय बृद्धाबृद्धा बालबालिकाहरुलाई सहयोग गर्ने, अत्याधुनिक सिसि क्यामरा जडान गर्ने, २५० वटा व्यापारिक स्टलको व्यवस्था गर्ने, झाकी याली, खानपिन परिकार, भेषभूषा संस्कृति प्रर्दशनीका लागि फरक फरक ४ वटा स्टलहरु रहने व्यवस्था गरिने र हात्ती र उँटको प्रदर्शनी गराउने रहेको अध्यक्ष पुनले जानकारी गराएका थिए ।

मेला अवधिभरी ३ लाख दर्शकले अवलोकन गरि करिव ५ करोडको कारोबार हुने अनुमानित लक्ष्य रहेको बताउँदै ४५ दिनभित्र आयव्यय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने अध्यक्ष पुनले बताए । यस्तै ६४ जना स्थानिय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती राख्ने छन् भने जसमा अन्तराष्ट्रिय रसियन कलाकारहरुको समेत प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक प्रेम बहादुर गुरुङ्गले जानकारी दिए । यस्तै झाकी यालीलाई समेत प्रथमलाई १५ हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार उपलब्ध गराउने अध्यक्ष पुनले जानकारी दिए ।

  • २१ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech