१९ चैत्र २०८१, बुधबार

कोहलपुर महोत्सव एस्पो दोस्रो दिन उत्साहजनक (भिडियो सहित)

विदेशि (रसियन ) कलाकारको प्रस्तुती, हात्ती तथा उटको प्रर्दशन समेत गरिने आयोजकको दावी

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा मंगलवारदेखि शुरु भएको प्रथम कृषि पर्यटन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव (एस्पो २०८१) बुधवार दोस्रो दिन उल्लेख्य दर्शकहरुकामाझ स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले उत्साहजनक शुरुवात गरेको आयोजक नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद कोहलपुरले जनाएको छ ।

पौष ९ गतेदेखि १७ गते सम्म सञ्चालनमा रहने महोत्सवको मंगलवार लुम्विनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रि प्रचण्ड विक्रम न्यौपानेले विधिपुर्वक उदघाटन गरेपछि स्थानिय सरकारको कानुनको मातहतमा रहने गरि महोत्सवले पिकअप लिएको मेलाका मुल समिति संयोजक गोपाल पुनले न्युज मानसरोवरसंगको कुराकानिकाक्रममा वताए । विश्वभरी फैलिएका हामी जनजाती, हामी आदिवासी जोगाई राखौं भेषभुषा भाषा संस्कृती भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको बाँके राष्ट्रिय निकुञ्जले प्रर्वद्धन गरेको छ ।

बुधवार राष्ट्रिय लोक दोहरी गाएक श्याम रानाको मुख्य आर्कषण रहेको महोत्सवमा दर्शक दिर्घामा खचाखच भएका आम नागरिकहरुमा माझ स्थानिय कलाकार एवं राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो । श्याम रानाका अलावा राज कुस्मि, सिर्जना खत्रि, शुशिल पुन विरहि, प्रेम विवश घर्ति, रेश्मा पुन लगाएत कलाकारहरुको दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

आर्जे रास्कोटि र कल्पना कार्किको सुमुधुर उद्धघोषणमाझ प्रस्तुत भएका सांगितिक कार्यक्रमहरुमा दर्शक, आयोजक, अतिथीमात्र होई संविधान सभाका पुर्व उप सभामुख पुर्णा कुमारी सुवेदी समेत छमछम नाचेकी थिईन । भोलि विहिवार राष्ट्रिय कलाकारहरु शान्ताश्री परियार, कमल खत्रि, कुश क्षेत्रि, कमल विसि आउने कार्यक्रम रहेको आयोजक नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद कोहलपुरले जनाएको छ ।

महोत्सवमा विभिन्न व्यापारीक स्टल, मनोरञ्जनका साधनहरुकासाथै खानापिनका स्टलहरु समेत राखेर दर्शकहरुलाई आर्कषण गर्ने आयोजकले प्रयास गरेको छ भने यसको अलावा विदेशि कलाकार, हात्ती तथा उटको प्रर्दशन समेत गरिने आयोजकको दावी रहेको छ ।

भिडियो

  • १० पुष २०८१, बुधबार प्रकाशित

  • Nabintech