बाँके\नेपालगन्ज उपमहानगरपालिका–१६, जैसपुरका जावेद अहमदले माटाका भाँडा बनाउने परम्परागत पेसामा नयाँ प्रविधिको प्रयोग गरेउदाहरणीय सफलता हासिल गरेका छन।परम्परागत रूपमा हातले माटाका भाँडा बनाउने काम धेरै मेहनत र समय खर्चिलो हुने समस्या समाधान गर्न उहाँले आधुनिक उपकरणको सहारा लिएका हुन।नेपालगन्ज–८ का स्थानीय कुमाल सलिम शेषले मेसिनको प्रयोगले माटोको परम्परागत उपयोगमा नयाँ आयाम थप्ने देखिएकाले यसको प्रवर्धन गर्नुपर्ने बताएका छन।