बाँके\बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकारबिच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढेको छ । यही चैत १५ गते शुक्रबार नेपालगन्ज रङ्गशालामा हुने मैत्रीपूर्ण फुटबलको तयारी बारेमा छलफल भएको छ ।
छलफलमा आयोजक, जनप्रतिनिधि महिला र पत्रकारहरुको प्रतिनिधिहरुबिच छलफल भएको थियो ।अन्तरालको आयोजनामा आगामी वैशाख ५ देखि १५ गतेसम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिता अघि मैत्रीपूर्ण फुटबलको आयोजना गर्न लागिएको हो ।