बाँके\नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का युवा नेता असोक कोइरालाको निधन भएको छ ।
हृदयघात भएपछि कोइरालाई लामो समय भेन्टिलेटरमा राखेर उपचार गर्दै आइरहेको थियो।स्वर्गीय कोइराला बाँकेका प्रभावशाली नेता थिए ।
उनी नेकपा एमाले जिल्ला अध्यक्ष समेत भएका थिए ।पार्टी विभाजन पश्चात कोइराला एकिृत समाजवादीमा क्रियाशिल भएका थिए ।
उनी पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोलिटब्युरो सदस्यको जिम्मेवारीमा काम गर्दै आइरहेका थिए ।