३ बैशाख २०८२, बुधबार

देशका यी क्षेत्रमा पानी पर्ने सम्भावना
  • न्युज मानसराेवर

बाँके\हाल कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • २ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech