१३ बैशाख २०८२, शनिबार

बुद्धका विचारलाई संसारभर अघि बढाउ: प्रधानमन्त्री
  • न्युज मानसराेवर

रूपन्देही\प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।

लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा आज लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिए ।

साथै उनले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताए । प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताए ।

उनका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए ।चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

  • १३ बैशाख २०८२, शनिबार प्रकाशित

  • Nabintech