बाँके\लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले जेठ ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।