कोहलपुर\ कोहलपुर नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेले कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८२\०८३ को बजेट, नीति तथा कार्यक्रम समेट्नु पर्ने योजनाहरु उपलब्ध गराएको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ क्षेत्रिय कार्यसमितिले कोहलपुर नगरपालिका वडा नं. १ देखि वडा नं. १५ को आवश्यकता र औचित्यका आधारमा योजनाहरु छनौट गर्न नगरपालिकाले समेट्नुपर्ने योजनाहरु उपलब्ध गराएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेद्धारा आयोजित आयोजनामा कोहलपुर नगरपालिका अन्तर्गत विकास निर्माणका सन्दर्भमा पार्टी नेतृत्व र जनप्रतिनिधिबिच पालिका संवाद कार्यक्रम मार्फत कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरु समक्ष विभिन्न योजनाहरुको माग राखिएको छ । कोहलपुर नगरपालिका वडा नं. १ को फुलबारी टोल, क लाईन टोल, सिद्धार्थ नगर टोल, मुसिकोट टोलमा देखिएका सडक निर्माण, खानेपानी जडान, विभिन्न बाटोका नाली निर्माणका योजना आगामी नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै वडा नं. २ को सिद्धिविनायक टोल, विकासनगर टोल, मुक्तिनगर टोल, प्रेम नगर टोल, शक्तिनगर टोल, बर्दहवा टोलमा भौतिक विकाससँगै रोजगारीका लागि विभिन्न सिपमूलक कार्यक्रमहरु समेट्नुपर्ने माग गरिएको छ । यसैगरी कोहलपुर नगरपालिका वडा नं. ३ मा सानो मैटट्टवा टोल, बैकुण्ठ टोल, मदनचोकमा महिलाहरुलाई आर्यआर्जनको लागि तालिम दिनुपर्ने, विभिन्न भित्री बाटोहरु निर्माण गर्नुपर्ने माग गरिएको छ ।साथै वडा नं. ४ मा गोहा र किरण नाला, बेलनपुर टोल, वडा नंं ५ को पृश्वीनगर टोल, रझेना टोल, स्कुल टोल, वडा नंं ६ को बुद्धनगर टोल, रझेना टोल, बालबिद्या र चौतारी टोलसँग वडा नं. ७ को देखिएका समस्याहरु समाधान सहितको माग बुझाइएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ८ को बाबानगर टोल, झरकट्टी टोल, वडा नं. ९ को झण्डहवा टोल, वडा नं. १० को विद्युतरोड टोल, चटार टोल, आरसि टोल, रामनगर टोल, विद्यानगर टोल, एकतानगर टोल, वडा नं. ११ को एन.टि.भि. टोल, बि.पि. मार्ग टोल, एकतानगर टोल, लोकनगरटोल, सैनिक टोलका समस्या सहितको योजना माग गरिएको छ ।
वडा नं. १२ का सबै टोल, वडा नं. १३ का खड्कवार टोल, भरैया टोल, सिम्री टोल, वडा नं. १४ का पार्वतीपुर, ठाडा टोल बण्डहवा टोल, एकलघरुवा टोल लगायतका समस्याहरु समाधान गर्नका लागि योजना माग गरिएको छ ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको माग र आवश्यकताको आधारमा योजना छनौट, नीति निर्माण र बजेट बिनियोजन गर्न निर्देशन दिएका छन् ।
साथै उनले कोहलपुर नगरपालिकाले गरेका काम जनतामैत्री भएको र थप काम गर्न सुझाव दिएका छन् ।कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय सरकारले जनताको भावना अनुसार बजेट बिनियोजन गरिहेको बताउँदै जनताका मागपूर्ति गर्न विभिन्न निकायबाट बजेटको व्यवस्था गरिरहेको बताएका छन् ।
साथै उनले नेपाली काँग्रेस पार्टीसँग आवश्यक समन्वय गरिरहेको र पार्टीले जनप्रतिनिधिहरुसँग सहकार्यत्मक भूमिका खेल्न आग्रह समेत गरका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले नगरपालिकाले न्यायिक सम्पादन जनताको भावना अनुसार गरिरहेको र प्रभावकारी अनुगमनलाई नियमितता गरिएको बताएकी छिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डले स्थानीय सरकारले गर्ने विकासका कार्यहरु नै पार्टीसँग जोडिने भन्दै जनताको माग अनुसार विकास गर्न आग्रह गरेकी छिन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय पार्टी सभापति पोषण केसीले पार्टीले जनतासँगको लामो छलफल र अन्र्तक्रिया गरी आवश्यकताका आधारमा योजना छनौट गर्न माग समेत गरिएको बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस क्षेत्र नं. १ का सचिव जयश्वर पौडेलले गरेका थिए ।