२४ जेष्ठ २०८२, शुक्रबार

एमाले नेता कार्यकर्ताको झोलामा के छ ? शंकरले दिए यस्तो जवाफ
  • न्युज मानसराेवर

बाँके\एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झोले पोस्टर सार्वजनिक गरेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत ‘झोले बहस’ भइरहेको छ । एमाले नेता कार्यकर्ताले ओलीले सेयर गरेको पोस्टर सेयर अभियान नै चलाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार नेकपा (एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि जवाफ दिएका छन् ।

उनले सात बुँदामा जवाफ दिँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न नेकपा (एमाले) को झोला गौरवका साथ बोक्न आग्रह समेत गरेका छन् । ‘प्रतिक्रियावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिक्रियावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ’, महासचिव पोखरेलले भनेका छन् ।

नेकपा (एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि

१ मार्क्सवादी दर्शन : द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता

४ नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति

५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता

६ जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा

७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

आउनुहोस् ’समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि नेकपा (एमाले) को झोला गौरवका साथ बोकौँ । प्रतिक्रियावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिक्रियावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।

  • २२ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech