बाँके\नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो जुन सुनिश्चित भएको बताएका छन् । ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ ।
मिसन ८४का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ,’ उनले लेखेका छन् । एमालेले साउन १ गतेदेखि विधान अधिवेशन प्रक्रियामा प्रवेश गरेको छ। त्यसलाई दृष्टिगत गर्दै पोखरेलको टिप्पणी आएको हो । पछिल्ला दिनहरूमा पार्टीभित्र पदाधिकारीको भूमिका, सांगठनिक संरचना र भविष्यको रणनीतिबारे आन्तरिक छलफल तीव्र बनेको थियो।
एमालेले २०८४ सालको निर्वाचनलाई ‘मिसन ८४’ नाम दिएर विशेष तयारी थालेको छ। त्यस सन्दर्भमा पोखरेलले नेतृत्व र एकतामाथि दिएको जोड पार्टीभित्र सहमतिको वातावरण बनेको सङ्केतका रूपमा लिइएको छएमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय गरेको हो । एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।