२७ भाद्र २०८२, शुक्रबार

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सेनाको आग्रह
  • न्युज मानसराेवर

बाँके\नेपाली सेनाले हालको राजनीतिक र सामाजिक परिस्थितिमा फैलिएका भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेको छ।जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले शुक्रबार बिहान सूचना जारी गर्दै भनेको छ ‘विद्यामान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धाराणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ।’

सेनाले सूचना आदान प्रदानको लागि जनसम्पर्ककाे लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ।सेनाले ८ वटा पृतना हेडक्वार्टरका मोवाइल नम्बरसहितको विवरण सार्जजनिक गर्दै यस्तो आग्रह गरेको हो।

  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech